News Category 2082/12/11
“लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
नवीनकुमार गुप्ता
राजविराज, ११ चैत ।
सप्तरीको एक मात्र ऐतिहासिक ‘लेखनाथ आदर्श पुस्तकालय’ को अस्तित्व बचाउनका लागि राजविराज नगरपालिकाले हल निर्माण गर्ने भएको छ ।
उक्त पुस्तकालयको हल निर्माणका लागि चालु आ.ब. २०८२÷८३ मा ३० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले पुस्तकालय हल निर्माणका लागि स्टिमेट भइसकेको र अबको केही दिनमै ई–बिडिङ प्रक्रियाबाट टेण्डर खोलिने जानकारी दिएकी छिन् ।
राजविराज नगरपालिकाको स्वामित्वमा रहँदै आएको सो पुस्तकालय हाल राजविराज वडा नं. ७ स्थित तत्कालिन वन कार्यालय (हाल डिभिजन वन कार्यालय) को ठ्याक्क अगाडी पट्टी दुई तल्ले पक्की भवनको भुई तल्लामा अवस्थित थियो ।
हाल उक्त स्थानमा राजविराज नगरपालिकाले व्यापारिक प्रयोजनका लागि निर्माण गरेको एक तल्ले भवनमाथी पुस्तकालय संचालनका लागि हल निर्माण गर्ने भएको छ ।
विगतमा सूचना केन्द्रको रुपमा विस्तार गरिएको उक्त पुस्तकालय अब आधुनिक पुस्तकालयको रुपमा संचालन हुने कार्यवाहक प्रमुख परविनको भनाई छ ।
बि.स. २०४५ सालको भुकम्प पश्चात् पनि भवनको अवस्था ठीकठाकै थियो । तर, पछिल्लो पटक बि.स. २०७२ सालमा आएको विनाशकारी भुकम्पमा भवनको अवस्था विग्रियो । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दै, पर्खालहरुमा चिरा पर्न थालेको थियो ।
आ.ब. २०७७÷७८ मा तत्कालिन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको पालामा पुस्तकालय भवन भत्काएर नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । झण्डै तीन वर्षपछि नयाँ भवन निर्माण भयो । हाल ती नयाँ भवनमा राजविराज नगरपालिकाले खुल्ला टेण्डर प्रक्रियाबाट धरौटी रकमसहित मासिक रुपमा भाडा लगाएको छ ।
वि.स. १९९९ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा आदर्श पुस्तकालय (लेखनाथ) स्थापना भएको हो । राजविराजमा कर्मचारीको लागि छुट्याइएको ८ विगहा जग्गामा स्वर्ण (तत्कालिन लंका) टोलमा स्थापना भएको थियो । पछि वि.सं. २०२१÷२२ सालमा तत्कालिन सूर्यप्रसाद श्रेष्ठ सहायक अंचलाधिश भएको बेलामा उनकै प्रयासमा आर्दश पुस्तकालयलाई लेखनाथ आदर्श पुस्तकालय नामाङकन गरि भवन निर्माण गराई उद्घाटन गरिएको थियो । उक्त पुस्तकालयलाई संचालन गर्न स्थानिय बद्री प्रसाद लुईटेललाई जिम्मा लगाइएको थियो । जसको लाइब्रेरियनमा हाल अवकाश प्राप्त मावि शिक्षक शिवराज भट्टले २०३५ सालदेखी निःशुल्क सेवा दिँदै आएका थिए । तर, पछि उक्त पुस्तकालय नेपाल स्काउटको जिम्मा लगाइएको थियो । र २०४९ सालसम्म पुस्तकालय स्काउटकै निगरानीमा संचालनमा रहेको थियो ।
यस्तै बि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै पुस्तकालय तत्कालिन राजविराज नगरपालिकाका मेयर जगरनाथ दासको पालासम्म राम्ररी नै संचालन भएको थियो । जुन पुस्तकालयमा विपी कोइराला, पुष्पलाल श्रेष्ठको टिप्पणीसहितको निरिक्षण पुस्तिका रहेको थियो । तर अहिले सो पुस्तकहरु कहाँ छन् सायदै उपलब्ध हुने कुरामा शंका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ