News Category 2072/10/19
परीक्षाकै समयमा विद्यालयमा काँग्रेस नगर अधिवेशन
दैनिक संवाददाता
राजविराज, १८ माघ ।
राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा सोमबार परीक्षा हुँदै गरेको समयमा नेपाली काँग्रेस सप्तरीले नगर अधिवेशन गरेको छ । यद्दपी सो अधिवेशन मोर्चा र काँग्रेस नेता कार्यकर्ताबीच झडप भएपछि स्थगित भएको छ ।
सो विद्यालयमा दुई दिनदेखी जिल्ला स्तरिय स्थर मापन परीक्षा संचालनमा रहेको छ । यता विद्यालयमा दिउँसो १ बजेदेखी परीक्षा संचालन हुँदा काँग्रेस नगर अधिवेशन बिहान ११ बजेदेखी नै सुरु भएको थियो ।
सोही सम्बन्धमा विद्यालयका अध्यक्ष बलराम यादवसँग सम्पर्क गर्दा उहाँले विद्यालयमा काँग्रेसको नगर अधिवेशन गर्ने बारेमा कुनै स्विकृती नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले अधिवेशन सम्बन्धमा व्यवस्थापन समितिबाट कुनै निर्णय नभएको बताउँदै सो सम्बन्धमा विद्यालयका प्रअ गंगा साहले नै स्पष्ट पार्ने उल्लेख गर्नुभयो ।
उहाँले जिल्ला स्तरिय स्थर मापन परीक्षा संचालन भइरहेको जानकारी दिँदै त्यस समयमा विद्यालयका कुनै राजनीतिक कार्यक्रम गर्नुले विद्यालयको छबीमाथी आँच आउने कुरा भएको बताउनुभयो ।
यसैबीच सो सम्बन्धमा विद्यालयका प्रअ गंगा साहसँग पटक पटक सम्पर्क गर्न खोज्दा मोबाइल उठाउनु भएन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ