News Category 2072/10/19
सिंचाई मन्त्री बिरुद्ध मोर्चाको बिरोध
दैनिक संवाददाता
राजविराज, १८ माघ ।
सिंचाई मन्त्री उमेश कुमार यादव आफनो गृह जिल्ला आएपछि सप्तरीको राजविराज नगरपालिकाका साथै मन्त्रीको घर सप्तरीको लालापट्टीमा समेत बिरोध प्रदर्शन भएको छ ।
मन्त्री यादवको जिल्लामा आएपछि मधेशी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा राजविराजस्थित गजेन्द्रचौक, सहिद दर्शन चौकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
यता सिँचाइ मन्त्री यादब राईतवार राती नै गृहजिल्ला सप्तरी प्रवेश गर्नुभएको थियो । तर मोर्चाले सोमबार बिहान मन्त्री गृह जिल्ला प्रवेश गरेको थाहा पाएपछि विहानैदेखि उहाँ विरुद्ध राजविराजका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।
सप्तरीको लालापट्टी घर भएका यादब सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित एमाओवादीका केन्द्रीय सदस्य समेत रहचस्नु भएक मन्त्री यादव सिँचाई मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनु भएको हो । उहाँको छिन्नमस्ता भगवती शक्तिपीठ र कंकालिनी भगवती मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको थियो ।
त्यस्तै मन्त्री यादवको गृह गाविस जिल्लाको लालापटीमा समेत मोर्चा निकट नेकपा (माओवादी) ंका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । मन्त्री यादव पुजाआजाको लागि छिन्नमस्ता मन्दिरमा आएको बेला माओवादीका नेताहरुले कालो झण्डा समेत देखाएको नेकपा (माओवादी)का जिल्ला संयोजक जय प्रकाश यादवले जानकारी दिनुभयो । यसअघि मोर्चाले सिंचाई मन्त्री यादवलाई जिल्ला प्रवशेमा रोक लगाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ