News Category 2072/11/24
बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
सप्तरीको राजविराज भारदह सडक खण्ड अन्तर्गत देउरी भरुवा गाविस १ स्थित सडक खण्डमा आइतबार दिउँसो बसले म्याजिक भ्यानलाई ठक्कर दिदा म्याजिकका चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
राजविराजबाट भारदहतर्फ जाँदै गरेको ना ३ ख ५०२५ नम्बरको यात्रुबाहक बसले र बिपरित दिशाबाट आउँदै गरेको को १ ज १५५१ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिदा भ्यान चालक सप्तरीको बभनगामाकट्टी गाविस २ बस्ने २८ वर्षीय रमानन्द खत्वेको मृत्यु भएको हो ।
ठक्करबाट घाईते खत्वेको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका १३ जनामध्ये भारदह १ बस्ने ४५ वर्षीय विपिन कर्ण र जोगनिया ६ बस्ने २८ वर्षीय बलराम मण्डलको अबस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
यता विपिन कर्ण, जोगिनिया ६ का बलिराम मण्डल, फत्तेपुरका दिपेन्द्र साह, भगवति यादव, बनरझुलाका राम विनाय मुखिया लगायतकाहरु सामान्य घाइते भएका छन । उनीहरुको अंचल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ