News Category 2072/11/24
हरिनन्देश्वर मन्दिरमा शिवरात्रीको तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
महाशिवरात्रि पर्वको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने भएको छ ।
महाशिवरात्रि पर्वमा खासगरी अहिलेको युवायुवतीहरुले गाजा भांगको सेवन गर्ने प्रवृति समेत बढ्दै गएकोले यसलाई पर्वको रुपमा मात्र लिनुपर्ने जरुरी रहेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा विभिन्न सघ संस्थाहरुले भव्य रुपमा भगवान शिवको पुजाआजा गरी मनाईने गरिन्छ भने ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँने गरिन्छ ।
सोही अवसर पारेर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा ५० फिटको शिवलिङ्ग तयार पार्नुका साथै याली प्रदर्शन लगायतका विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । त्यस्तै महाशिवरात्रि पर्वकै अवसरमा शम्भुनाथस्थित मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौ श्रद्धालु भक्तजनहरुले भगवान शिवको पुजापाठका तथा दर्शन गर्ने गरेको तथा त्यसको सम्पूर्ण तयारी पुरा भएको छ ।
त्यस्तै राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर (शिव मन्दिर) मा समेत शिवरात्रीका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।
यसअघि शिवरात्रीको पूर्व सन्ध्यामा राजविराज ७ निवासी शंकर प्रसाद साह लगायत ३५ जना यूवाहरुले मन्दिरलाई मर्मत सम्भार समेत गरेका छन् । करिब २६ दिनदेखी मन्दिरको कम्पाउण्ड, मन्दिर भित्र स्थापित रहेको शिवलिङको छेउछाउमा मार्वल, टायल्स र पर्खालहरुमा प्लाष्टिक पेन्टिङ, मन्दिर भित्रको सम्पूर्ण पर्खाल, भूई, छत लगायतमा मार्वल, टायल्स र पेन्टिङ, बत्ति बिजुली लगायतका कार्यहरु गरिएको छ ।
करिब ६ दशकदेखी मर्मत सम्भारको पखाईमा रहेको राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिर (शिव मन्दिर) लाई स्थानिय यूवाहरुको सक्रियतामा जिर्णोद्वार गरिएको हो । त्यस्तै मन्दिरमै रहेको महादेवको त्रिशुल समेतलाई ठूला पारिएको छ भने मन्दिरको आङनमा प्लाष्टर गरि सरसफाई गरिएको छ । यूवाहरुले आफ्नै प्रयासमा करिब ४ लाखको लागतमा सो सम्पूर्ण कार्य सम्पन्न गरेको मन्दिर मर्मत सम्भारका अगुवा यूवा साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ