News Category 2075/07/11
पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध
इस्लामाबाद, ११ कात्तिक (रासस÷एएफपी) ।
पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्वआदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिनुभएको हो ।
पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ ।
पाकिस्तानको सञ्चारमाध्यम नियामक प्राधिकरण (पेमरा)का एक अधिकारीले प्रधान न्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिनुभयो । यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुनेछ ।
पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिनुभएको छ । “सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउनु समाधान होइन, बरु हामीले गुणस्तरीय पाकिस्तानी सामग्री उत्पादनमा ध्यान दिन सक्नु पर्दछ ।”
सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रममाथिका प्रतिबन्ध फुकुवा गरेको थियो । विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाब बढेसँगै अक्टोबर २०१६ मा अधिकारीले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ