News Category 2075/07/27
डढेलोबाट मृत्यु हुनेको संख्या २९ पुग््यो
प्याराडाइज, अमेरिका, २५ कात्तिक (रासस÷एएफपी) ।
अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् । थप छ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २९ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले पत्रकार सम्मेलनमा बताउनु भएको छ । यसअघि २३ व्यक्तिको मृत्यु भएको बताइएको थियो । खोजीकार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ । डढेलो प्रभावित क्षेत्रका हजाराँै व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ । बिहीबार बिहान शुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो । डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन् । डढेलो लागेको जङ्गलमा बिगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ । उद्धारका लागि केही व्यक्तिलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुनसकिरहेको छैन । उनीहरुले प्रारम्भिकरुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा डढेलो लागेको र उनीहरुको ज्यान गएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ