News Category 2075/07/29
यसरी सुगर रोगले दिनप्रतिदिन ग्रसित बन्दछन् नेपाली
काठमाडौँ, २९ कात्तिक ।
मधुमेहलाई सामान्य भाषमा चिनी रोग पनि भन्ने गरिन्छ । विश्वमा झन्डै ४५ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएका छन् । मधुमेहका झन्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । विकासोन्मुख देशका जनता गरीबबाट धनी हुदै जादा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगी निकै बढ्ने गरेका छन् ।
नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्यांक छ । नेपालमा अहिले १० लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । अहिले ३० वर्षमाथिका युवायुवतीमा समेत मधुमेह देखिने गरेको छ । तथ्यांक अनुसार विश्वमा प्रत्येक सात मध्ये एक जना गर्भवती महिला मधुमेहको उच्च जोखिममा रहने गरेका छन् । त्यस्तै, मधुमेहको जोखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्ये पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।
छिटोछिटो पिसाब लाग्ने, मुख सुख्खा हुने, छिटो तिर्खा लाग्ने, बढी भोक लाग्ने, तौल घट्ने, कमजोरी महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चोटपटक निको हुन बढी समय लाग्ने लक्षण भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना हुन्छ । कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको छ । बेलैमा नियन्त्रण राख्न नसकेमा मधुमेहले आँखा, मुटु, मिर्गौला र नसाहरुमा नराम्रो असर पार्न सक्ने बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. मीमी गिरीको भनाइ छ ।
मधुमेह दीर्घ रोग भएकाले यसबाट बच्न रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्छ । यसको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । खानपान र आनीवानीमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार मधुमेहबाट बच्न लामो समससम्म भोकै नबस्ने, फलफूल, हरिया सागपात, काँक्रो, मूला, गाजर, विना चिनीको चिया खाने, गुलियो नखाने, चिल्लो पदार्थ नखाने, दैनिक व्यायाम र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने डा. गिरीको भनाइ छ । मधुमेह रोगको रोकथामका लागि व्यक्तिगत स्तर तथा सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने अन्य चिकित्सकहरुले पनि बताउदै आएका छन् ।
उनिहरुले गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले एकजना मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्ने, सरकारले चिनीयुक्त पेय पदार्थमा कर बढाउनुपर्ने, अस्पताल तथा विद्यालय स्तरमा जंकफुड तथा गुलियो पेय पदार्थमा रोक लगाउनु पर्ने, वायु प्रदुषणका कारण पनि मधुमेह हुने भएकोले यसको नियन्त्रणका लागि प्रदुषण कम गर्ने, पार्क तथा साइड पार्कको व्यवस्था गर्नु पर्ने, तेलको अनगमन गर्नुपर्ने बताउदै आएका छन् । एबिसी न्यूजबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ