News Category 2075/08/02
तीन भारतीय नागरिक पेस्तोलसहित पक्राउ
दैनिक समाचारदाता
सुनसरी, २ मंसिर ।
सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पेस्तोलसहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाँउपालिका ८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट एक भारतीय नागरिकलाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ ।
भारतको बिहार राज्यस्थित सुपोल जिल्लाको भिमनगर ४ निवासी २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
बिआर ५०एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई उक्त पेस्तोल सहित पक्राउ गरेको भाण्टाबारी प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरी कोशी गाँउपालिका ६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत ७ बस्ने १८ वर्षीय बिबेक यादव र सितापुर ग्राम पञ्चायत ८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई सोही दिन प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखेको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र गोहितलाई प्रहरीले उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ