News Category 2075/08/02
आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
नयाँदिल्ली, २ मङ्सिर (रासस÷एएफपी) ।
भारतको पूर्वीक्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्वन्धी निकायका उच्च अधिकारीले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।
आँधीले हजारौँ रुख भाँचिएका छन् भने ठूलो संख्यामा घर भत्किएका छन् । घरबारविहिन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् ।
“घरबारविहीन भएकाको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,” एक अधिकारीले पत्रकारसँग भने । प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । अधिकांशको मृत्यु बाढीले बगाएर, घरले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ