News Category 2075/08/06
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध

संसारकै सबैभन्दा खतरनाक टापु ‘नर्थ सेन्टिनल आइल्याण्ड’ अहिले निकै चर्चामा छ । यहाँ क्रिस्चियन धर्म प्रचार गर्न गएका एक मिसिनरी युवकको लाश भेटिएपछि यो टापुको चर्चा बढेको छ । एएनआइका अनुसार ७ माझीले ती युवकलाई टापुमा लिएर गएका थिए । ती युवकले आदिवासीलाई क्रिष्चियन बनाउन भन्दै बाइबलको पाठ पढाउन थालेपछि आदिवासीले उनको वाणले हानेर हत्या गरिदिएको बताइएको छ ।
भारतको सीमाभित्र पर्ने यो टापुमा बस्ने आदिवासीहरुको प्रजाती ५५ हजार वर्ष पुरानो मानिन्छ । अण्डमान महाद्वीपमा रहेको जरावा जनजातिका यी आदिवासीहरु बाँकी संसारबाट टाढै रहन्छन् । यो जनजातिले आधुनिक सभ्यतालाई पूर्णतया अस्वीकार गरेका छन् र बाँकी संसारसँग यिनीहरुको सम्पर्क शुन्य छ । भनिन्छ कि यी आदिवासीहरुले आफ्नो समुदायभन्दा फरक कुनै पनि मान्छेलाई भेटे भने मारिदिन्छन् । यतिमात्र होइन यी आदिवासीहरु आफ्नै भर्खर जन्मेको बच्चासमेत अलिकति पनि गोरो भयो भने मारिदिन्छन् ।
अफ्रिकी मूलको यो समुदायका मानिसहरु निकै काला हुन्छन् । यो समुदायको परम्पराअनुसार जन्मेको बच्चाकी आमा विधवा भएमा वा बच्चाको पिता अर्कै समुदायको भएमा पनि बच्चा मारिदिन्छन् । यस्तोमा बच्चा अलिकति पनि गोरो भएमा बच्चाको पिता बाहिरी संसारको भएको मानेर बच्चा मारिदिन्छन् । यो समुदायमा यसरी बच्चा मारेको कुनै सजाय पनि हुँदैन । यो समुदायको बारेमा जानकारी भएका विशेषत्रका अनुसार जरावा जनजातिमा नवजात शिशुलाई यो समुदायका जुनसुकै महिलाले स्तनपान गराउँछन् । यसले समुदायको शद्धता र पवित्रता बनिरहने मान्यता छ ।
यो जनजाति पृथ्वीमा ५५ हजार वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिन्छ । यो टापुमा यो प्रजातीका ५० जना मात्र बाँकी भएको बताइन्छ । यिनीहरुलाई भारत सरकारले संरक्षण गरेर राखेको छ । भारतको केन्द्र शासित प्रदेश अण्डमान द्वीपको उत्तरी क्षेत्रमा बस्ने यो जनजाति बाँकी संसारसँग दूरी बनाएर बस्न चाहन्छन् । त्यसैले यो टापुमा बाहिरी मानिसहरुको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । केही वर्षअघि यहाँ जाने पर्यटकले यो समुदायका महिलाहरुसँग दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि सर्वोच्च अदालतले यो क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको थियो ।
यहाँ न बिजुली छ न मोवाइल नेटवर्क । यो समुदायलाई यी चीजको आवश्यकता नै छैन । यिनीहरु बिना कपडा बस्छन् र जो कोही बाहिरी मान्छे यहाँ देखिन्छ त्यसमाथि आक्रमण गर्छन् । यिनीहरु यहाँ शिकार गरेर जीवन चलाउँछन् । सीफुट र नरिवल पानी यिनीहरुको खानाको अहम हिस्सा हो । एक पटक भारत सरकारले यो क्षेत्रको निरीक्षण गर्नको लागि एक हेलिकप्टर पठाएको थियो । तर, यहाँका आदिवासीले हेलिकप्टरमाथि पनि आक्रमण गरे । त्यसपछि यो क्षेत्रलाई पूरै एक्लै छोडिएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ