News Category 2075/08/09
भारतीय मन्त्री पाकिस्तान जाने
इस्लामाबाद, ९ मङ्सिर (रासस÷एपी) ।
सिख समुदायका धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा खोल्ने समारोहमा सहभागी हुनगरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।
भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुश्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ ।
यो नाकाबाट भारतीय सिख समुदायका श्रद्धालु पाकिस्तानमा रहेको सिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन् । यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताउनुभयो ।
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ