News Category 2075/08/09
भारतीय मन्त्री पाकिस्तान जाने
इस्लामाबाद, ९ मङ्सिर (रासस÷एपी) ।
सिख समुदायका धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा खोल्ने समारोहमा सहभागी हुनगरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।
भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुश्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ ।
यो नाकाबाट भारतीय सिख समुदायका श्रद्धालु पाकिस्तानमा रहेको सिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन् । यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताउनुभयो ।
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ