News Category 2075/08/18
हिन्दू सम्मेलन सम्पन्न
धनुषा, १७ मङ्सिर (रासस) ।
विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।
सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो ।
सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरेको हो । सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरीलगायत प्रदेश नं २ का आठवटै जिल्लाबाट पाँच हजारभन्दा बढी साधुसन्तको सहभागिता रहेको थियो ।
विश्व हिन्दू परिषद्का महासचिव जीतेन्द्र सिंहले समाजमा जातपातका कारण छुवाछूतको अन्त्यको लागिसमेत गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । समाजमा बढ्दो विकृतिसँगै धर्म र अध्यात्मप्रतिको आस्था कमजोर भएकै कारण लभ जेहादजस्ता विसङ्गति मौलाएकाले सबै साधुसन्त, महन्त र समाजका अनुयायी एक भएर अघि बढ्नुपर्ने डा श्यामसुन्दर शास्त्रीले बताउनुभयो ।
सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले हिन्दू धर्मको रक्षाका लागि आफू सचेत र गम्भीर रहेको भन्दै जनकपुरधामलाई मासु र मदिरामुक्त घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।
महोत्तरीस्थित मठिहानीका रामजानकी मठका मानमहन्त जगन्नाथ दास वैष्णवको अध्यक्षतामा भएको विराट सन्त सम्मेलनमा भारतबाट विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय सन्तमार्ग दर्शकमण्डलका सदस्य डा श्यामसुन्दर शास्त्री, परिषद्का अध्यक्ष टीका पहाडी, राष्ट्रिय अध्यक्ष सत्यम मुरारी, उपाध्यक्ष उद्धव घिमिरे, काशिन्द्र यादव, अमन गुप्तालगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ