News Category 2075/08/19
आठौ राष्ट्रिय खेलकुदका लागि क्रिकेट खेलाडी छनोट सुरू
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सप्तरीमा क्रिकेट खेलाडी छनोटको लागि अभ्यास खेल सुरू भएको छ ।
जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा विभिन्न खेलको छनोट प्रतियोगिता सुरू सँगै सप्तरी क्रिकेट सँघको संयोजनमा पनि जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरूले अभ्यास खेल सुरू गरेको हो ।
आउँदो पुस महिनामा प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट प्रदेश २ को टिम बनाई माघमा काठमाडौमा हुने आठौ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।
जिल्ला खेलकुद बिकास समितिमा सप्तरी टिममा चयनका लागि आवेदन दिएकाहरूका खेलाडीहरू ३ दिन सम्म अभ्यास खेल खेलाई सप्तरी टिमको छनोट गरीने सप्तरी क्रिकेट सँघका सदस्य तथा छनोट समितिका सदस्य चन्दनकुमार यादबले बताए ।
जिल्लाको १८ स्थानिय तहमा क्रिकेटको बिकासलाई अगाडि बढाउनुको साथै ग्रामिण स्तरको क्रिकेट र खेलाडीहरूको उत्पादन गरि राष्टिय तथा अन्तराष्टिय प्रतियोगिताहरूमा सहभागिता गराउने लक्ष्य रहेको जिल्ला खेलकुद बिकास समितिका सदस्य तथा क्रिकेट छनोट समितिका संयोजक रबि कुमार रायले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ