News Category 2075/09/04
हतियारसहित दुई पक्राउ
दैनिक समाचारदाता
धनुषा, ४ पुस ।
धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।
स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
यसैगरि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाईस्थित मौवाही मिर्जापुर भित्री सडक खण्डमा बिशेष सुराकीको आधारमा प्रहरीले २७ वर्षीय रविन्द्र कुमार मण्डललाई हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले चोरी मुद्दाको फरार प्रतिवादी मण्डललाई पक्राउ गरेपछि चेकजाँच गर्ने क्रममा कम्मरमा बोकेको खाली अवस्थाको कटुवा पेस्तोल एक थान फेला परेको सिरहा प्रहरीले जनाएको छ ।
दुबैजनलाई मातहतका प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ