News Category 2075/09/24
बजाज युथलाई टि–ट्वान्टीको उपाधी

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मंगलबार सम्पन्न टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बजाज युथ एकेडेमी बिसनपुरले बैरियालाई पराजित गरेको छ ।
चाम्पियन स्टार क्रिकेट टिमद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा बैरियालाई ४ रनको अन्तरले पराजित गर्दै बिसनपुरले उपाधी हासिल गरेको हो ।
प्रतियोगिताको उपाधीसँगै बिसनपुरले नगद ५० हजार तथा कप प्राप्त गरेको छ भने उपबिजेता बैरियाले नगद ३० हजार तथा मेडलमा चित बुझाएको छ ।
सम्पन्न खेलमा पहिलो ब्याटिङ गरेको बिसनपुरले १ सय २ रनको योगफल बनाएको थियो । प्रतिउत्तरमा १ सय ३ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको बैरिया ९८ रनमा समेटिएको थियो ।
खेलको म्यान अफ द म्याच बिसनपुरका बिबेक यादव घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरीज तथा बेष्ट ब्याटसम्यान भएका बैरिया टीमका बिशालले मेडलसहित एक थान साईकल प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा बिसनपुरका रोबिन सिंह उत्कृष्ट बलर घोषित भएका छन् । प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य अभिषेक कुमार यादव, नेकपाका नेता दिलिप यादव, इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंह लगायतले बिजेता तथा उपबिजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ