News Category 2075/10/11
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबारदेखी सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सो अवसरमा जिसस प्रमुख प्रभाकर यादबले खेलकुदबाट मानिसको शारीरिक रूपमा स्वस्थ रहनुको साथै ग्रामिण स्तरमा खेलकुदको माध्यबाट बिकास गर्नुपर्नेमा जोड दिए ।
गाँउपालीका अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुचिता कुमारी यादब, वडा अध्यक्ष मनसुर मिश्र, गुलाव सिंह, खगेन्द्र मण्डल, लक्ष्मी साह, कार्यपालिका सदस्यहरू, सप्तरी क्रिकेट संघका सदस्य धर्मेन्द्र चौधरी, एम्पायर संघका अध्यक्ष निरज सिंह, पुर्व राष्ट्रिय खेलाडी संतोष सिंह, गुडु सिंह लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी गजेन्द्र नारायण सिंहको पुण्य तिथिको अवसरमा कोईलाडीस्थित मधेशका प्रणेता गजेन्द्र बाबुको शालिकमा फुलमाला लगाई श्रद्वाञ्जली अर्पण गर्दै गजेन्द्र नारायण सिँहको पथमा हिडनुपर्नेमा सहभागीहरूले जोड दिए ।
सो अवसरमा वडा अध्यक्ष गोपि मण्डल, खगेन्द्र मण्डल, स्थानिय नेता गुडु सिंह, राम सिंह लगायतको सहभागिता रहेको थियो ।
यसैबीच बिहीबारदेखी सुरु भएको क्रिकेट प्रतियोगिता अन्तरगत पहिलो खेल तिलाठी कोइलाडी रेड र युथ एकेडेमीबीच सम्पन्न उद्घाटन खेल सम्पन्न भएको सो खेलमा युथ एकेडेमीले ब्लुलाई ५७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको युथ एकेडेमीले १९ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । जसमा आशिष झाले सर्वाधिक ३९ रन बनाए भने विवेक यादवले २३ तथा नितेश यादवले २० रनको योगदान दिएका थिए ।
तिलाठी कोइलाडी रेडको तर्फबाट ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिएभने सरोज मण्डलले ३, नरेश मण्डलले २ तथा रिपुल सिंहले १ विकेट लिए ।
जितका लागि ११७ रन पछ्याएको तिलाठी कोइलाडी रेड टिम १८ ओभर १ बलमा सबै विकेट गुमाई ५९ रन मात्र बनाउन सफल भयो । जसमा रिपुल सिंहले सर्वाधिक १७ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
युथ एकेडेमीका लागि अनिल यादवले सर्वाधिक ३, आशिष झा र उमाशंकर यादवले २÷२ विकेट लिए भने विवेक यादव र विशाल यादवले १÷१ विकेट लिए । उक्त खेलमा३९ रन तथा २ विकेट लिंदै अलराउण्ड प्रदर्शन गरेका युथ एकेडेमीका आशिष झालाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल तिलाठी कोइलाडी ब्लु र महादेवा तथा दोस्रो खेल युथ एकेडेमी र हनुमाननगरबीच हुने तिलाठी कोइलाडी गाउँपालिकाका राजेश झाले बताए ।
यसअघि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले ब्याटिङ्ग तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ