News Category 2075/11/14
तीन महिनाको अवधिमा विभिन्न प्रजातिका अबैध काठ बरामद
दैनिक समाचारदाता
जनकपुर, १४ फागुन ।
प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधाम मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले तीन महिनाको अवधिमा बिभिन्न प्रजातिका अबैध काठ बरामद गरेको छ ।
प्रदेश मातहतका बिभिन्न स्थानमा अवैधरुपमा काठको ओसारपसार तथा तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीको विशेष सक्रियतामा सप्तरी, सर्लाही, सिरहा, महोत्तरी र बारा जिल्लाका विभिन्न स्थानहरुबाट काठ फेला पारी बरामद गरेको हो ।
बरामद भएका मध्येमा सप्तरी डाकनेश्वरी नगरपालिका ३ बाट स.१ त २०५९ नम्बरको ट्याक्टरबाट करिब ५० हजार रुपैयाँ बराबरको सखुवाको काठ १ सय ५० थान रहेको छ ।
प्रहरीको सक्रियतामा सर्लाही लालबन्दी नगरपालिका(११ सेतीभिरस्थित खोलाको बगरबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरको सालको काठ र सर्लाहीकै बरहथवा नगरपालिका ७ मा २ वटा ट्याक्टरबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरको सपेताको काठ ७० थान बरामद भएको हो ।
यसैगरी सिरहा लहान नगरपालिका १८ सोभापुरस्थित स्माईल मियाको गोठमा लुकाई छिपाई राखेको साल, मुरकुट, अस्मा, सतिसाल, सिसौ गरी ३० क्यूफिट अवैध काठ बरामद भएको हो । सिरहाकै गोलबजार नगरपालिका ६ गोलबजार नजिक ४ वटा साईकलमा ल्याएको सालको काठ १० गोलिया साईकल सहित बरामद भएको छ ।
यस्तै महोत्तरी बर्दिबास नगरपालिका ३ पाटुबाट करिब ४० हजार रुपैयाँ मूल्य बराबरको १८ थान सखुवाको काठ समेत रहेको छ ।
यसैगरी बारा आदर्शकोतवाल गाउँपालिका ५ बाट ना.५ त ८९६५ नम्बरको ट्यक्टरमा रहेको ७१ क्यूफिट सिमलको काठ बरामद भएको छ । बाराकै निजगढ नगरपालिका(६ वाईवा टोलस्थित सार्वजनिक स्थलमा चोरी पैठारी गरी लुकाई छिपाई राखेको खयरको ४ वटा गोलिया काठ समेत बरामद भएको छ ।
यता ब्यबसायिक प्रयोजनको लागि सानो सानो परिमाणमा तस्करी गरिएको उक्त काठहरू स्थानीय फर्निचरमा लगेर ठुलो परिमाणमा फर्निचरहरु बनाउने र बजारमा विक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
काठ तस्करी हुने संभावित ठाउँहरुमा विशेष निगरानी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ