News Category 2075/12/04
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
.jpg)
दैनिक समाचारदाता
सिरहा, ४ चैत ।
सरकारसँग ११ बुँदे सहमति पश्चात् राष्ट्रिय अखण्डता स्वीकार गरेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले अन्तत् नेपालको संविधान भित्रै रहेर पार्टी स्थापना गर्ने निर्णय गरेको छ ।
सिरहाको लहानमा आइतबारदेखी सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सोमबार अन्तिम दिन विभिन्न निर्णय गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।
बैठक सम्पन्न पश्चात् राउतको फेसबुक मार्फत सार्वजनिक भएको विज्ञप्तिमा डा. राउतकै संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको उल्लेख छ ।
बैठकबाट सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भन्दै जनताको हक र अधिकारका लागि संघर्ष गर्न नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरि अगाडी बढ्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पार्टीको केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर, सिरहाका राजकुमार यादव र सतिला यादव, धनुषाका इन्द्रजीत यादव रहेका छन् ।
त्यस्तै महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह, पर्साका सञ्जय साह र बाराका दिनेश यादव रहेका छन् ।
यसैगरि नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दाङ्गका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र बर्दियाका अब्दुल खान रहेका छन् ।
सो समितिको मोरङ्गका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित र आशा मेहता, झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।
केन्द्रिय सदस्य अब्दुल खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँकी रहेका १० जना केन्द्रिय सदस्यहरुमा महिला, दलित, जनजाती, अल्पसंख्यकसहितको प्रतिनिधित्व हुने गरि मनोनित गर्न सर्वसम्मतिले पार्टीका अध्यक्षलाई जिम्मेवारी दिइएको उल्लेख छ ।
सम्पन्न बैठकले परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिने तथा पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरेको छ ।
जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको छ ।
सोही बैठकबाट स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति बनाइएको सो पार्टीले जनाएको छ ।
त्यस्तै प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ