News Category 2075/12/23
हावाहुरीबाट प्रभावितहरुको पुर्नवासका लागि सहयोगी हात बढ्दै
राजविराज÷गत आइतबार मुलुकककै इतिहासमै ठूलो विपत हावाहुरी आएपछि बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सो हावाहुरीबाट ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् ।
बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।
हावाहुरीबाट प्रभावित व्यक्तिहरुको पुर्नवासका लागि विभिन्न राजनीतिक दल, प्रदेश सरकार तथा संघसंस्थाहरुले सहयोग गर्ने घोषणा समेत गरेको छ ।
सो विपतमा ज्यान गुमाएकाहरुलाई प्रदेश २ सरकारले प्रति व्यक्ति ३ लाख दिने निर्णय गरेको छ । त्यस्तै प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय समेत गरेको छ । त्यस्तै संघीय सरकारले ४ सय ६८ वटा त्रिपाल प्रदान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
यसैगरि राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।
त्यसैगरि बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । त्यस्तै नेपाली काँग्रेस प्रदेश २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ ।
यसैबीच प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे ।
यता नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
हावाहुरी प्रभावितहरुलाई प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले आवास निर्माणका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलव सहयोग गर्ने निर्णय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधीहुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको हो ।
यसैगरि बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले पनि १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मिक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो ।
यता काठमाडौँ महानगरपालिकाले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख सहयोग गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ