News Category 2075/12/24
प्रदेश २ को दुई जिल्लामा भएको आगलागीबाट ४४ लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
प्रदेश २ को महोत्तरी र सिरहा जिल्लामा शनिवार साँझ भएको आगलागीमा ४४ लाख मुल्य बराबरको क्षति भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका २ महेन्द्रचौक नजिक सुरेन्द्र साहले संचालन गरेको पशुपति छापाखानामा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा छापाखानामा रहेको फ्लेक्स प्रिन्टको मेसिन, छापाखानाको सानो र ठुलो मेसिन, कागजपत्र र अन्य स्टेशनरीको सामान जलि पूर्ण रुपमा नष्ट हुँदा करिब ३० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैगरि सिरहाको लक्ष्मिपुर पतार गाउँपालिका १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा जलि नष्ट हुँदा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ ।
यस्तै सोही आगोबाट निजको छिमेकी शिब नारायण ठाकुरको परालको टौवामा आगो सल्कि उक्त टौवा समेत पूर्ण रुपले जलि नष्ट हुँदा करिव १५ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहाले जनाएको छ ।
त्यस्तै सिरहाकै धनगढीमाई नगरपालिका १३ डावर वस्ने ईन्द्रदेव यादबको खरले छाएको १ तले घर र गोठमा अचानक आगलागी हुँदा घर र गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा जलि नष्ट हुँदा करिव २ लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय बिष्णुपरकट्टी, सिरहाले जनाएको छ ।
सवै ठाउँमा भएको आगलागी सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ