News Category 2076/01/12

वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी

दैनिक समाचारदाता

वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
    राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ । 
    राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो । 
    पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए । 
    वडा नं. ८ का लागि इमरान जोशीले बिष्फोटक ब्याटिंग गर्दै ३० बलमा ७ चौक्का र ४ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए भने मुकेश यादव २३ तथा मनिश मण्डल १८ ले उनलाई राम्रो साथ दिएका थिए । 
    यता बलिंग तर्फ वडा नं. ७ का तर्फबाट प्रियांस श्रेष्ठ र अमर यादवले सामान ३ बिकेट तथा चन्द्रप्रकाश मेहता र जितेन्द्र मण्डलले क्रमशः २ र १ बिकेट लिएका थिए । यस्तै १ सय ३६ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ७ ले १६ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई ९८ रनमै सिमित भएका थिए । वडा नं. ७ को तर्फबाट चन्द्र प्रकास मेहता ३७, अभिजित पेरिवाल १२, प्रियांस श्रेष्ठ १३ तथा प्रिन्स लोडाले ११ रनको योगदान दिएका थिए । 
    वडा नं. ७ लाई सस्तोमा समेटनवडा नं. ८ का तर्फबाट रामचन्द्र मेहताले ३ तथा मनिश मण्डल, अभिजित यादव र रवी रायले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का तर्फबाट बिस्फोटक ब्याटिंग गर्ने इमरान जोशि घोषित भएका थिए । 
    बिहिवारै सम्पन्न अर्को खेलमा वडा नं. ९ ले टस जिती पहिलो ब्याटि. गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ३० रनको योगफल तयार पारेका थिए । वडा नं. ९ का लागि मो इकवाल डिसीले ३६, प्रविन साह २३ तथा अभिशेक सिंहले १इ रन बनाएका थिए भने अभिशेक यादव १३ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. २ का तर्फबाट प्रमोद यादवले ३ तथा अशोक मेहता र सिमान्त राईले सामान १ बिकेट लिएका थिए । 
    १ सय ३१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ का खेलाडि १५ ओभर ५ बलमै धरासायी हुदै १ सय ६ रनमै समेटिएको थियो । वडा नं. २ का तर्फबाट बिजयी मण्डलले ३७, शिवनन्दन मण्डल १३, रवी राय १० तथा प्रमोद यादव १० रनमा नटआउट रहेका थिए । वडा नं. २ लाई सस्तोमा समेटन वडा नं. ९ का अमर यादवले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा ८ रन दिई महत्वपुर्ण ५ बिकेट लिन सफल भएका थिए भने प्रहलाद चौधरी र मो सादिकले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच घातक बलिंग गर्ने वडा नं. ९ का मो सदिक घोषित भएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट