News Category 2076/01/12
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ ।
राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो ।
पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए ।
वडा नं. ८ का लागि इमरान जोशीले बिष्फोटक ब्याटिंग गर्दै ३० बलमा ७ चौक्का र ४ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए भने मुकेश यादव २३ तथा मनिश मण्डल १८ ले उनलाई राम्रो साथ दिएका थिए ।
यता बलिंग तर्फ वडा नं. ७ का तर्फबाट प्रियांस श्रेष्ठ र अमर यादवले सामान ३ बिकेट तथा चन्द्रप्रकाश मेहता र जितेन्द्र मण्डलले क्रमशः २ र १ बिकेट लिएका थिए । यस्तै १ सय ३६ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ७ ले १६ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई ९८ रनमै सिमित भएका थिए । वडा नं. ७ को तर्फबाट चन्द्र प्रकास मेहता ३७, अभिजित पेरिवाल १२, प्रियांस श्रेष्ठ १३ तथा प्रिन्स लोडाले ११ रनको योगदान दिएका थिए ।
वडा नं. ७ लाई सस्तोमा समेटनवडा नं. ८ का तर्फबाट रामचन्द्र मेहताले ३ तथा मनिश मण्डल, अभिजित यादव र रवी रायले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का तर्फबाट बिस्फोटक ब्याटिंग गर्ने इमरान जोशि घोषित भएका थिए ।
बिहिवारै सम्पन्न अर्को खेलमा वडा नं. ९ ले टस जिती पहिलो ब्याटि. गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ३० रनको योगफल तयार पारेका थिए । वडा नं. ९ का लागि मो इकवाल डिसीले ३६, प्रविन साह २३ तथा अभिशेक सिंहले १इ रन बनाएका थिए भने अभिशेक यादव १३ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. २ का तर्फबाट प्रमोद यादवले ३ तथा अशोक मेहता र सिमान्त राईले सामान १ बिकेट लिएका थिए ।
१ सय ३१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ का खेलाडि १५ ओभर ५ बलमै धरासायी हुदै १ सय ६ रनमै समेटिएको थियो । वडा नं. २ का तर्फबाट बिजयी मण्डलले ३७, शिवनन्दन मण्डल १३, रवी राय १० तथा प्रमोद यादव १० रनमा नटआउट रहेका थिए । वडा नं. २ लाई सस्तोमा समेटन वडा नं. ९ का अमर यादवले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा ८ रन दिई महत्वपुर्ण ५ बिकेट लिन सफल भएका थिए भने प्रहलाद चौधरी र मो सादिकले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच घातक बलिंग गर्ने वडा नं. ९ का मो सदिक घोषित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ