News Category 2076/03/16
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
दैनिक समाचारदाता
सिरहा, १६ असार ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ स्थित पडरिया चोकमा सामेबार दिउँसो एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकले यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदाँ सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
दुर्घटनामा परेर म्याजिकमा सवार तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिएका छन् ।
घाईते १२ जना मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ भने अन्यहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ