News Category 2076/04/20
जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश
नयाँ दिल्ली, २० साउन (रासस÷एएफपी) ।
भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।
मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ ।
अबका दिनमा जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ । यस राज्यमा नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । संविधानको धारा ३७० खारेजसँगै जम्मु काश्मिरबाट लद्दाखलाई अलग गरिएको छ । राष्ट्रपतिको आदेशमा लद्दाखलाई केन्द्र शासित प्रदेश बनाइएको छ । काश्मिर मामिलामा सरकारले गरेको निर्णयका प्रतिपक्ष र विपक्षमा भारतीय जनमत उभिएको छ । केहीले सरकारको पक्षमा खुलेर समर्थन गरेका छन् भने केहीले काश्मिर समस्या अझ विकराल हुने बताएका छन् ।
सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै सिंगो काश्मिर क्षेत्र विभाजित भएको थियो । काश्मिरको केही भूभाग भारतमा र केही भूभाग पाकिस्तानमा छ । अलग्ग काश्मिर मुलुक बनाउने भन्दै काश्मिरमा लामो समयदेखि स्वतन्त्रता आन्दोलन चलिरहेको छ, र यसक्रममा हजारौंको ज्यान गइसकेको छ । काश्मिरकै विषयलाई लिएर भारत र पाकिस्तानबीच दुई देशबीच चार पटक युद्ध भइसकेको छ ।
सरकारको नयाँ घोषणासँगै जम्मु काश्मिरमा सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ । आइतबार रातिबाट विकसित यस घटनाक्रममा नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु काश्मिर पिपुल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उहाँहरूकै घरमा नजरबन्द गरिएको छ ।
श्रीनगरमा भारतीय संविधानको धारा १४४ लागू गरिएको छ । यो आदेशअनुसार मानिसको स्वतन्त्र आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्था बन्द भएका छन् । श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2080/12/05 अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
- 2080/12/05 रास्वपा नगर अध्यक्ष दास कुटिए
- 2080/12/05 सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
- 2080/12/03 टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
- 2080/12/03 कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
- 2080/12/03 जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
- 2080/12/02 दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो बनाउन स्थानिय तहलाई आग्रह
- 2080/12/02 जन्तीका वासका लागि कोठा नदिएको निहुँमा पसल जलाइएको भन्दै उजुरी
- 2080/12/02 सरकारी कागजात किर्ते गरी फरार रहेका मध्येका एक लेखापढी व्यवसायी पक्राउ
- 2080/12/01 कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ