News Category 2076/04/27
कक्षा कोठामा विद्यार्थीले मोवाइल बोक्ने कार्यप्रति ध्यान पुगोस्
अहिले अधिकांश विद्यार्थीहरुले पढ्ने कक्षा कोठामा मोवाइल बोक्ने गरेका छन् । यो एउटा अहिले जटिल समस्याको रुपमा देखापरेको छ । शिक्षकले पढाइरहेको बेला विद्यार्थीहरुले मोवाइलको प्रयोग गरिरहेका हुन्छन् । जसकारण शिक्षकले सिकाइरहेका कुराप्रति उनीहरुको ध्यान जादैन् । हुन त अहिलेको समयमा मोवाइल एउटा संचार माध्यमको साटो मनोरन्जनको रुपमा बढी प्रयोग गरिएको पाइन्छ । यसले पठ्नपाठनमा नकारात्मक असर पारिरहेको छ । यसतर्फ अभिभावकहरुले ध्यान नदिंदा विद्यार्थीहरु पढाईभन्दा अन्य कामहरुमा समेत व्यस्त हुन थालेका छन् । मोवाइलले फाइदा पु¥याएपनि यसको वेफाइदा पनि धेरै हुन्छन् । मोवाइलमै गीत सुन्ने, भिडियो हेर्ने कामले अहिलेका विद्यार्थीहरु अध्ययनभन्दा पछाडि पर्दै गएको छ ।
हुन त संचार क्षेत्रले फड्को मार्दै गएपछि विद्यार्थीहरुले पनि मोवाइल बोक्ने क्रम बढेको हो । प्रायः जसो निम्न माध्यमिक र माध्यमिक बिद्यालयका बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । बिद्यालय प्राङ्गणमा होस् या कक्षामा पढाई भइरहेकै अवस्थामा पनि बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । अहिले निजी तथा ग्रामिण भेगका सामुदायिक बिद्यालयहरुमा समेत मोवाइल बोक्ने बिद्यार्थीहरु देखा पर्न थालेका छन् । कक्षाकोठाभित्र मोवाइल प्रयोग हुन नदिन धेरै हदसम्म नियन्त्रण भएको शिक्षकहरुले बताइरहेपनि यसतर्फ ठोस पहल भएको देखिन्न । कम्तीमा कक्षाकोठाभित्र यस्तो काममा रोक लगाउनुपर्ने आवश्यक्ता रहेको छ ।
संचार सम्पर्कमा रहनु सकारात्मक भएपनि मोवाइल बोकेर कक्षाकोठासम्म जानु अध्ययन, अध्यापनमा बाधा पु¥याउनु बाहेक केहि पनि होइन् । तसर्थ मोवाइल प्रयोग गर्न दिन नहुनेमा अभिभावक नै सचेत नभएकोले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ