News Category 2076/05/05
अव्यवस्थित घर निर्माण रोक्नु आवश्यक
मुलुककै पुरानो नगरपालिका मध्ये एक राजविराज नगरपालिकाले अहिले आफ्नो अस्तित्व बचाउनमा संघर्षरत रहेको छ । भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित यस नगरपालिकामा अहिले अव्यस्थित तरीकाबाट घर निर्माणका साथै, अव्यवस्थित बजार बिस्तार हुनु र सडकहरुमा पशुचौपायाको खुलेआमा रजाइका कारण अव्यवस्थित बन्दै गएको हो । दुई दशकदेखी निर्वाचित प्रतिनिधिबिहीन भएको अवस्थामा बजार अव्यवस्थित बन्दै जाँदा अहिले जनप्रतिनिधी आइसकेको अवस्थामा समेत सुधारको संकेत देख्न सकिएको छैन् । े
नगरपालिकाको मौलिकताको प्रतिक रहेको राजविराज हटिया आधुनिक तरीकाबाट निर्माण भइरहनुलाई सकारात्मक भन्न मिल्छ तर, त्यसबाहेक बजार क्षेत्र फराकिलो हुँदै जाँदा घर निर्माणका कार्यहरु झनै अव्यवस्थित हुदै गएको छ । त्यसतर्फ कुनै जनप्रतिनिधिहरुको ध्यान पुग्न सकिरहेको छैन् । नक्सा नबनाइकनै तथा नगरपालिकाबाट स्वीकृत समेत नलिई दिनहुँ दर्जनौं अव्यवस्थित तरीकाले घर निर्माण भइरहेको छ । सडकहरु साघँुरो हुदैछन् । जग्गाहरु अतिक्रमण हुँदैछन् । सरकारी जग्गा मिचेर भौतिक संरचना निर्माण भइरहेका छन् । टोल टोलमा रहेका पोलहरुमा बिजुली बत्ति बलदैनन् । त्यसतर्फ नगरपालिकाको ध्यान केन्द्रित भएको देखिन्न् । जनताले नगरको विकास र न्यूनतम सरकारी सुविधा समेत भोग गर्न पाइरहेको देखिन्न् । स्थानिय तहको राजश्व बढाउने नाममा सानो भन्दा सानो शिर्षकमा राजश्व लिने काम भइरहेको छ । राजश्व लिनु भनेको स्थानिय तहकै विकासका लागि हो । तर, त्यसो देखिदैन् । जनताको महिनेतको कमाईबाट लिइने राजश्वको सही ढंगले उपयोग भएको पाइएको छैन् ।
तसर्थ जनताको प्रत्यक्ष रुपमा सरोकार राख्ने शिर्षकहरुमा जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नु पर्ने देखिन्छ । होइन् भने चार वर्षमा हुने जनप्रतिनिधिहरुको अग्निपरीक्षामा सोही जनताले परिवर्तन समेत गर्न सक्ने कुरालाई उनीहरुले मनन् गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ