News Category 2076/05/07
स्थानिय तह जिम्मेवार हुनु आवश्यक
आर्थिक वर्ष सम्पन्न सँगै जिल्लामा भएका विभिन्न विकासीय कार्यको अनुगमन तथा निरिक्षण गर्ने कार्य फितलो रहेको छ । विभिन्न स्थानिय तहले गरेका अघिल्लो वर्षको विकासीय कार्यहरुबारे जनतालाई सुसिचिति गराउने कार्यले विगतको जस्तो निरन्तरता पाउन सकेको छैन् । तत्कालिन जिल्ला विकास समितिले आ.व.मा भएका विभिन्न विकासीय कार्यहरुको सरोकारवालाहरुसँग अनुगमन र निरिक्षण गर्दै आएको थियो । तर, अहिले सो कार्यालय हटिसकेको अवस्थामा जिल्लामा १८ वटा स्थानिय तह रहेका छन् । ती १८ वटै स्थानिय तहले सम्पन्न विकासीय कार्यहरुको अनुगमन गर्ने÷गराउने जिम्मा समेत आफ्नै कार्यालयको मातहतमा रहेकोले सो अनुमगन कार्यले विगत झैं निरन्तरता नपाएको हो ।
तर, जनतालाई सम्पूर्ण सूचना तथा सार्वजनिक सरोकारका विषयहरु बारे बुझ्न पूर्ण अधिकार रहेको बेला कीन स्थानिय तह सो कार्यलाई सार्वजनिकरण गर्न डराउँछन् । यो एउटा गम्भिर प्रश्न उब्जिएको छ । यदी सम्पन्न ती कार्यहरु जनताको चाहना अनुरुप नै भएको हो भने त्यसलाई सार्वजनिकीकरण गर्न पर्दछ । होइन् भने त्यस्ता विषयमा जनता तथा सरोकारवालाहरुले हस्तक्षेप समेत गर्न सक्छन् । जनताले जनप्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत दिएर जिम्मेवार पदमा सम्म पु¥याउनु भनेको उनीहरुको हीतका लागि काम गर्नु पर्ने हुन्छ । तर, अहिले त्यसको हुन सकेको छैन् ।
तसर्थ सम्पूर्ण स्थानिय तहले आफू जिम्मेवार भएर जनतासँग सरोकार राख्ने सम्पूर्ण विषयलाई उनीहरु अगाडी पारदर्शी गर्नु पर्नेमा गम्भिर हुनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ