News Category 2076/05/19
पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर
तीनै तहका सरकारले अहिले आफ्नो कामकाज तदारुकताका साथ संचालन गरिरहेका छन् । तीनै तहको सरकार गठन भएको झण्डै दुई वर्ष भएको छ । यस अवधीमा सबै भन्दा बढी चर्चा संघ, प्रदेश र स्थानिय मध्ये स्थानिय सरकारको हुने गरेको छ । कीन भने यही सरकार जनताको माँझमा सबै भन्दा बढी रहने गरेको छ । स्थानिय सरकार भनकोे स्थानिय स्तरबाटै आएका जनप्रतिनिधिहरुबाट चल्ने सरकार हो । यस सरकारका जनप्रतिनिधिहरुलाई जनताले नजिकैबाट चिन्ने गरेका हुन्छन् । त्यसैले जनताको पनि बढी अपेक्षा यही सरकारबाट हुने गरेको छ ।
तर, जनताले स्थानिय सरकारबाट चाहे अनुसारको अपेक्षा गरेअनुसार उपेक्षित भएका छन् । जनताले बढो आश र अपेक्षा अनुसार आफुले चाहेको जनप्रतिनिधिलाई छानेका थिए । तर, अहिले उनीहरु जनप्रतिनिधिबाटै उपेक्षित हुँदै निराश समेत हुदै गएका छन् । स्थानिय जनप्रतिनिधिहरुले आफुखुशी विभिन्न कार्य गर्दै आइरहेका छन् । जनतालाई काखापाखा लगाई उनीहरुले आफ्नै आसेपासेहरुलाई विकासीय योजना समेत दिइरहेका छन् । जसकारण ती योजनाहरु अन्तरगत हुने कामहरु गुणस्तरहीन हुने गरेको पाइन्छ । त्यती मात्र नभएर चाहिने भन्दा नचाहिने काममा बजेटको दुरुपयोग गर्ने गरेका छन् । जुन जनताको मतबाट जितेर प्रतिनिधि चुनिए उनीहरु विरुद्ध नै कार्य भइरहेको छ ।
जनताको मतको कदर गर्न जनपप्रतिनिधिहरुले समयमै ध्यान पु¥याउन सकेनन् भने उनीहरुलाई जसरी कुर्सीसम्म पु¥याए जनताले त्यसरी नै भुईमा समेत बस्न बाध्य पार्नेछन् । तसर्थ आफ्नो पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर्न अहिलेदेखी नै प्रतिनिधिहरु लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ