News Category 2076/05/19
पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर
तीनै तहका सरकारले अहिले आफ्नो कामकाज तदारुकताका साथ संचालन गरिरहेका छन् । तीनै तहको सरकार गठन भएको झण्डै दुई वर्ष भएको छ । यस अवधीमा सबै भन्दा बढी चर्चा संघ, प्रदेश र स्थानिय मध्ये स्थानिय सरकारको हुने गरेको छ । कीन भने यही सरकार जनताको माँझमा सबै भन्दा बढी रहने गरेको छ । स्थानिय सरकार भनकोे स्थानिय स्तरबाटै आएका जनप्रतिनिधिहरुबाट चल्ने सरकार हो । यस सरकारका जनप्रतिनिधिहरुलाई जनताले नजिकैबाट चिन्ने गरेका हुन्छन् । त्यसैले जनताको पनि बढी अपेक्षा यही सरकारबाट हुने गरेको छ ।
तर, जनताले स्थानिय सरकारबाट चाहे अनुसारको अपेक्षा गरेअनुसार उपेक्षित भएका छन् । जनताले बढो आश र अपेक्षा अनुसार आफुले चाहेको जनप्रतिनिधिलाई छानेका थिए । तर, अहिले उनीहरु जनप्रतिनिधिबाटै उपेक्षित हुँदै निराश समेत हुदै गएका छन् । स्थानिय जनप्रतिनिधिहरुले आफुखुशी विभिन्न कार्य गर्दै आइरहेका छन् । जनतालाई काखापाखा लगाई उनीहरुले आफ्नै आसेपासेहरुलाई विकासीय योजना समेत दिइरहेका छन् । जसकारण ती योजनाहरु अन्तरगत हुने कामहरु गुणस्तरहीन हुने गरेको पाइन्छ । त्यती मात्र नभएर चाहिने भन्दा नचाहिने काममा बजेटको दुरुपयोग गर्ने गरेका छन् । जुन जनताको मतबाट जितेर प्रतिनिधि चुनिए उनीहरु विरुद्ध नै कार्य भइरहेको छ ।
जनताको मतको कदर गर्न जनपप्रतिनिधिहरुले समयमै ध्यान पु¥याउन सकेनन् भने उनीहरुलाई जसरी कुर्सीसम्म पु¥याए जनताले त्यसरी नै भुईमा समेत बस्न बाध्य पार्नेछन् । तसर्थ आफ्नो पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर्न अहिलेदेखी नै प्रतिनिधिहरु लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ