News Category 2076/06/06
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

चितवन, ६ असोज (रासस) ।
जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उहाँका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् ।
यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको सङ्ख्या दुई हजार ३९० रहेको छ ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उहाँले बताउनुभयो । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो सङ्ख्या साउन यताको हो । परीक्षण गरेर सङ्क्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताउनुभयो । कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2079/03/22 मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान
- 2079/03/22 धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि
- 2079/03/21 मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी
- 2079/03/20 मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
- 2079/03/20 प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
- 2079/03/20 प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित
- 2079/03/19 रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा कडाई र नियन्त्रण गर्न माग
- 2079/03/19 मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
- 2079/03/19 कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु
- 2079/03/19 फरार प्रतिवादी सदा पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ