News Category 2076/08/07
विवाद समाधान गरि खेलकुद गतिविधीमा निकायको ध्यान जानु जरुरी
जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा तालाबन्दी भएको झण्डै सात महिना पुग्नै लाग्यो । तर, सम्बन्धित निकायको तालाबन्दी खोल्न सम्बन्धमा कुनै चासो देखिदैन् । त्यती मात्र नभएर जिल्लामा खेलकुद गतिविधी बारे पनि कसैको ध्यानाकर्षण भएको देखिन्न् । सप्तरीमा कुनै राष्ट्रिय खेलकुद प्रतियोगिता भएको धेरै समय भइसकेको छ । यता ठूलो मात्र नभएर प्रदेश स्तरको कुनै पनि खेलकुद गतिविधी हुनु सकेको छैन् । खेलकुद कार्यालयले विगत चार÷पाँच वर्षदेखी जहिले पनि विवादमै परेको देखिन्छ । जो सुकै पदाधिकारी आए पनि कुनै न कुनै विवाद भएकै हुन्छ । जसको सिधा असर खेलकुद गतिविधीमा परेको छ ।
जिल्लामा खेलकुदको साख खस्किदै गएको अवस्थामा कसैको चासो नहुनु आफैमा दुःखद पक्ष हो । अहिले जिल्ला खेलकुद विकास समिति खेलाडी उत्पादन भन्दा बढी विवाद उत्पन्न गराउनेमा जानिन्छ । जस कारण माथिल्लो निकायबाट पनि कुनै प्रकारको प्रतियोगिता गराउन इच्छुक देखिदैन र विवाद समाधान गर्ने तर्फ ती निकाय मौन बसेको छ । यस्तै जिल्लामा विभिन्न खेलका खेलाडीहरु जन्मन्छन् तर, उनीहरुको क्षमता र अभिबृद्धि गराउनेतर्फ जिल्ला खेलकुद विकास समितिले ध्यान दिन नसक्दा कतिपय खेलाडी जिल्लामै सिमित हुन पुग्छन् भने कतिपय खेलाडी आफ्नो जन्मभूमि छोडेर अर्कै स्थानलाई कर्मभूमी बनाउन बाध्य छन् ।
खेलकुद क्षेत्रलाई विकासतर्फ डो¥याउन सकियो भने मात्र खेलाडीहरुले सम्मान तथा उनीहरुको खेललाई प्रोत्साहन गर्न सकिनछ । खेल अभिबृद्धि कार्यक्रमलाई उचित ढंगले परिचालन गर्न जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रतिभाशाली खेलाडीलाई छनौट गरि उनीहरुलाई खेलमा मात्र अब्बल बनाउन जरुरी छ । तसर्थ यसका लागि जिल्ला खेलकुद विकास समितिले विवाद समाधान गरि खेलकुदमा अग्रसर देखाउनु जरुरी छ । अनि मात्र अन्य निकायले समेतले त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा दुई मत नहोला !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ