News Category 2076/08/07
विवाद समाधान गरि खेलकुद गतिविधीमा निकायको ध्यान जानु जरुरी
जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा तालाबन्दी भएको झण्डै सात महिना पुग्नै लाग्यो । तर, सम्बन्धित निकायको तालाबन्दी खोल्न सम्बन्धमा कुनै चासो देखिदैन् । त्यती मात्र नभएर जिल्लामा खेलकुद गतिविधी बारे पनि कसैको ध्यानाकर्षण भएको देखिन्न् । सप्तरीमा कुनै राष्ट्रिय खेलकुद प्रतियोगिता भएको धेरै समय भइसकेको छ । यता ठूलो मात्र नभएर प्रदेश स्तरको कुनै पनि खेलकुद गतिविधी हुनु सकेको छैन् । खेलकुद कार्यालयले विगत चार÷पाँच वर्षदेखी जहिले पनि विवादमै परेको देखिन्छ । जो सुकै पदाधिकारी आए पनि कुनै न कुनै विवाद भएकै हुन्छ । जसको सिधा असर खेलकुद गतिविधीमा परेको छ ।
जिल्लामा खेलकुदको साख खस्किदै गएको अवस्थामा कसैको चासो नहुनु आफैमा दुःखद पक्ष हो । अहिले जिल्ला खेलकुद विकास समिति खेलाडी उत्पादन भन्दा बढी विवाद उत्पन्न गराउनेमा जानिन्छ । जस कारण माथिल्लो निकायबाट पनि कुनै प्रकारको प्रतियोगिता गराउन इच्छुक देखिदैन र विवाद समाधान गर्ने तर्फ ती निकाय मौन बसेको छ । यस्तै जिल्लामा विभिन्न खेलका खेलाडीहरु जन्मन्छन् तर, उनीहरुको क्षमता र अभिबृद्धि गराउनेतर्फ जिल्ला खेलकुद विकास समितिले ध्यान दिन नसक्दा कतिपय खेलाडी जिल्लामै सिमित हुन पुग्छन् भने कतिपय खेलाडी आफ्नो जन्मभूमि छोडेर अर्कै स्थानलाई कर्मभूमी बनाउन बाध्य छन् ।
खेलकुद क्षेत्रलाई विकासतर्फ डो¥याउन सकियो भने मात्र खेलाडीहरुले सम्मान तथा उनीहरुको खेललाई प्रोत्साहन गर्न सकिनछ । खेल अभिबृद्धि कार्यक्रमलाई उचित ढंगले परिचालन गर्न जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रतिभाशाली खेलाडीलाई छनौट गरि उनीहरुलाई खेलमा मात्र अब्बल बनाउन जरुरी छ । तसर्थ यसका लागि जिल्ला खेलकुद विकास समितिले विवाद समाधान गरि खेलकुदमा अग्रसर देखाउनु जरुरी छ । अनि मात्र अन्य निकायले समेतले त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा दुई मत नहोला !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
- 2082/05/15 महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
- 2082/05/15 चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
- 2082/05/15 अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
- 2082/05/15 सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ