News Category 2076/08/07
अन्य लागु पदार्थ समेतलाई नियन्त्रण गर्नु आवश्यक
सप्तरी प्रहरीले अहिले लागु औषधको रुपमा प्रयोग गरिने गाँजाका बोटहरु फडान गर्ने चलाएको अभियान सहनिय रहेको छ । लागु औषध सेवनकर्ता बढीरहेको अवस्थामा यस्ता अभियानले उनीहरुलाई निरुत्साहित गर्नेदेखी लिएर त्यस्ता लागु औषध उत्पादन गर्ने कार्यसमेतलाई निरुत्साहित गरेको छ । सप्तरीको विभिन्न स्थानहरुमा अहिले गाँजा खेती गर्नेहरु निकै बढेका छन् । प्रहरीले घर घरमै पसेर गाँजाका बोटहरु नष्ट गर्न थालेपछि थोरै भएपनि लागु पदार्थका व्यवसायीहरु निरुत्साहित हुनु स्वभाविक हो ।
सस्तो र कुनै पनि स्थानमा पाइने भएकाले गाँजा सेवनकर्ता बढेको हो । हुन त गाँजा उत्पादन गरि सेवन गर्ने अवस्थासम्म महिनौं लाग्दछ । सोही कारण गाँजाका खेती लुकीछिपी गर्ने गरेको पाइन्छ । अहिले गाँजा घरको करेसाबारी समेतमा रापिने कारणले गर्दा प्रहरीले सुरुमा गोप्य सूचना प्राप्त गर्छ अनि फडान गर्ने गरेको छ । गाँजा बाहेक अन्य लागु पदार्थहरुका कारणले समेत यूवाहरु अहिले दुव्र्यसनीमा फसिरहेका छन् । बजारमा पाइने विभिन्न खाले औषधीलाई समेत लागु पदार्थको रुपमा सेवनकर्ताले प्रयोग गरेको पाइएको छ । यस्ता कुरामा पनि प्रहरीले निगरानी बढाएर लागु पदार्थ सेवनकर्तालाई त्यस्ता कुलतबाट निकाल्न अभियान समेत चलाउनु पर्ने देखिन्छ ।
तसर्थ प्रहरीले गाँजालाई मात्र नभएर अन्य लागु पदार्थहरुलाई पनि नियन्त्रण गर्न अभियान चलाउनु पर्ने आवश्यकता रहेको छ । जसमा स्थानियहरुले समेत सो अभियानमा सहयोग गर्नु पर्ने जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ