News Category 2076/08/25
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
![पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह](https://rajbirajdainik.com.np//Content/images/localnews/lohajara%20daha.jpg)
अरुणकुमार यादव
राजविराज, २४ मङ्सिर (रासस) ।
सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।
कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो दहमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण दहमा रमाउन पुग्ने गरेका छन् ।
पछिल्लो समय यो दहमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी सम्वत्, नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण यो दह खचाखच भरिएको हुन्छ । हिजो÷आज दैनिक १० देखि १५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।
यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासी श्याम यादवले बताउनुभयो ।
वडाध्यक्ष रमानन्द चौधरीका अनुसार ठाकुरबाबा तालका रुपमा चिनिएका यो दह प्राकृतिक रुपमा सुन्दर र मनोरन्जनका दृश्यले भरिपूर्ण छ । तालको उत्तरपट्टीको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ ।
सप्तरी सदरमुकाम राजविराजको हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटर ग्राभेल कच्ची बाटो रहेको लोहजारा दह अर्थात ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ । चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा, रहु, नैनी, भाकुर, बिघेट, सिलबर, कमनकारजस्ता माछाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरु र त्यहाँका मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको वडाध्यक्ष चौधरीको भनाइ छ ।
पछिल्लो पटक प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा लोहजारा दहको प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वारलगायतका कार्य अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौदर्यतामा रौनकता थपिएको छ ।
ठाकुर बाबा दहको नामले समेत परिचित उक्त दहलाई तात्कालीन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालीन राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो ।
यद्यपि दह क्षेत्रमा अझैं पूर्वाधार तथा सुविधाको अभाव रहेकाले आफू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप सहयोगका लागि पहल जारी राखेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
लोहजरा दहजस्तो अर्को मनोरम एवं पर्यटकीय गन्तव्य नरहेको दाबी गर्दै उहाँले यसको व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास जारी राखेको बताउनुभयो । “अवको केही वर्षभित्रै यो दहलाई देशकै नमूना दहको रुपमा स्थापित गराउने र टाढा टाढाबाट पर्यटक लोभ्याउन महोत्सवको आयोजनासमेत गर्ने गृहकार्यमा जुटेका छौं”, वडाध्यक्ष चौधरीले भन्नुभयो ।
आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको लोहजार दह अर्थात ठाकुरबाबा तालमा वाह्य पर्यटकलाई आकर्षित गराउनका लागि यसको प्रसारप्रसारमा जोड दिनुपर्नेमा स्थानीयवासी एकमत देखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/04/11 भुक्तानीको विषयमा छिन्नमस्ताका वडा अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
- 2081/04/10 महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’
- 2081/04/09 पूर्वसभापति खतिवडाका छोरी, ज्वाई र नातीको जहाज दुर्घटनामा मृत्यु, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
- 2081/04/09 कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
- 2081/04/09 अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
- 2081/04/08 जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
- 2081/04/07 डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा ब्याजसहित रकम फिर्ता
- 2081/04/04 कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी
- 2081/04/02 उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो
- 2081/04/01 महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ