News Category 2076/08/30
बीच सडकमै हटिया बजार, व्यवस्थित गर्नेतर्फ ध्यान पुगोस्
राजविराजको अति व्यस्त सडकको छेउ र बिचमै विभिन्न बस्तुहरुको हटिया बजार लागिरहेपनि सम्बन्धीत निकायको ध्यानाकर्षण हुन पुगेको छैन् । तरकारीदेखी पशुसम्मको बिक्रि हुने केन्द्रको रुपमा विकसीत हुँदै गएको राजविराजस्थित मालपोत सडकखण्ड अहिले दिनहुँ खवरुद्ध हुन्छ । बीच सडकमै थोक तरकारी बिक्रिका लागि आएका यातायात, मालपोतमा हुने सेवाग्राहीको भिंड र उनीहरुको यातायात तथा सोमबार र बिहीबार पशुहरुको बजारका कारण सडक अवरुद्ध हुने गरेको छ ।
एक त जिर्ण बन्दै गएको सडक त्यसमा पनि बाह्ैमास हिलो तथा पानी, ठूला साना यातायात, मानिसहरुको चाप र बजार यी तिनै कारणले सो सडकखण्ड सधै ब्यस्त नै रहने गरेको छ । सडक अतिव्यस्त भएपछि अहिले पैदल हिड्ने मानिसहरुलाई कठिनाई भएको छ । प्राय गरि हटिया लाग्ने दिन सोमबार र बिहीबार कचहरी रोड यातायात भन्दा बढी पशु बेचबिखनको केन्द्र भएको छ ।
यस सम्बन्धि यहाँका ट्राफिक प्रहरीहरु पनि मुकदर्शक बनेका छन् भने सम्बन्धित निकायलाई कुनै चासो नरहेको देखिएको छ । यो समस्या कचहरी सडकको मात्र नभएको अन्य सडकहरुमा पनि पसलेहरुले आफ्नो सामान पेटीमै राखि बिक्रि बितरण गर्दै आइरहेकोले मानिसहरुलाई हिडडुलमा समस्या भएको छ । तसर्थ यसका लागि राजविराज नगरपालिकालगायत सम्बन्धीत सम्पूर्ण सरोकारवाला निकायले समस्याको समाधान निकाल्न उपाय सोच्नु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ