News Category 2076/09/12
तालाबन्दी गर्ने परिपाटीको अन्त्य गर्नु जरुरी
अहिले सप्तरीका स्थानिय तहका कार्यालयहरुमा विवाद कायमै रहेको छ । प्रमुखले आफ्नो मनमानी ढंगले कामकाज गरेको भन्दै कार्यालयमै तालाबन्दी समेत गरिएको छ । सप्तरीका दुई स्थानिय तह डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकामा सोही कारण देखाएर स्थानिय तथा विभिनन दलका नेताहरुले तालाबन्दी गरेका छन् । यसरी कुनै पनि बहानामा कार्यालयको कामकाज ठप्प पार्ने गरि नै तालाबन्दी गर्ने परिपाटी नै बसेको छ । यसप्रति स्थानिय प्रशासन मौन रहेको छ ।
कुनै पनि समस्याको समाधान वार्ता र सहकार्यबाट हुने भएपनि तालाबन्दी गर्नु कतिको उचित हो । यो परिपाटी कतैबाट सुहाउँदो होइन् । कुनै पनि बहानामा कुनै कार्यालयमा तालाबन्दी गर्ने परिपाटीलाई अन्त्य गर्न सबै अग्रसर हुनुपर्दछ । यता स्थानिय जनप्रतिनिधीहरुले समेत यस्ता परिपाटीलाई प्रोत्साहन गर्न मलजल गरेको देखिन्छ । कीन भने उनीहरुले गरेको कुनै पनि कार्य पारदर्शी नहुनु, कुनै पनि विकासीय कार्यमा स्थानियहरुसँग गहन छलफल नगर्नु तथा आफूखुशी कार्य गर्नाले यस्ता परिपाटीको विकास हुँदै गएको छ ।
तसर्थ यस्ता परिपाटीलाई अन्त्य गर्न जनप्रतिनिधिहरुले आफूलाई सुधार गर्नु पनि उत्तिकै जरुरी छ भने तालाबन्दी गर्ने पक्षले समेत यसलाई मनन् गरि वार्ता र सम्वादबाट समस्याको निकास निकाल्नु अग्रसर हुनुपर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ