News Category 2076/09/13
प्रहरीको अभियानमा सबैको सहयोग आवश्यक
सप्तरीमा भइरहेको विभिन्न अपराधलाई न्युनिकरण गर्न अहिले नेपाल प्रहरी लागिपरेको छ । विभिन्न अपराधिक घटनाको मूल जडो लागु पदार्थ र मदिरा भएको निष्कर्ष निकालेपछि प्रहरीले त्यसलाई निरुत्साहित पार्न अभियान नै चलाएको छ । यस्ता अभियानका लागि प्रहरीले छुट्टै सेल समेत बनाएको छ । जसले लागु पदार्थ दुरव्र्यसनी तथा त्यसप्रति प्रोत्साहित गर्नेहरुलाई निस्तेज पार्न लागेको छ । प्रहरीले खुल्ला सिमानाका कारण भारतबाट लागु पदार्थ ओसार पोसार गर्ने गिरोह तथा व्यक्तिलाई विशेष निगरानी गरिरहेको छ । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्न सफल भएको छ ।
त्यस्तै प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको लागु पदार्थ गाँजाको खेतीलाई समेत निस्तेज पार्दै गइरहेको छ । हालसम्म प्रहरीले २० हजार बढी गाँजाका बोटहरु फडानी गरि आगो लगाएर नष्ट गरेको छ । यस्ता लागु पदार्थहरुबारे प्रहरीले विद्यालयका बालबालिकादेखी ग्रामिण भेगका जनताहरु समक्ष जनजागरण अभियान चलाएर जनचेतना फैलाउने सहनिय कार्य पनि गर्दै आइरहेको छ । यता प्रहरीले अर्को ठूलो अपराधका कारक घरेलु मदिरा उत्पादन गर्ने भट्टी समेतलाई नष्ट गर्दै आइरहेको छ । प्रहरीले विशेष सूचनाका आधारमा ती घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुलाई नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु नष्ट तथा सामानहरु बरामद गर्दै आएको छ ।
तसर्थ प्रहरीले समाजमा बढ्दै गइरहेको अपराधिक घटनाहरुलाई न्युनिकरणदेखी लागु पदार्थ बिरुद्धको चलाइरहेको अभियानमा जिल्लावासीले समेतले सहयोग गरेर अपराध मुक्त समाज निर्माणमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ