News Category 2076/09/18
उखु किसानहरुको समस्याप्रति ठोस नीति निर्माण गर्नु आवश्यक
नेपालमै सबैभन्दा बढी उखु उत्पादन हुने प्रदेश २ को सर्लाही जिल्ला हो । यहाँका अधिकांश कृषक नगदे बालीको रुपमा उखु खेतीमै निर्भर रहन्छन् । उनीहरुले खेती गरेर उत्पादन भएका उखुलाई सर्लाही, रौतहटमा रहेका सुगर मिल्समा बिक्रि गर्ने गरेका छन् । तर, अहिले ती किसानहरुले आफूले उत्पादन गरेर बिक्रि गरेका उखुको उचित मुल्य त परै जाओस् उखु उत्पादनमा लागेको खर्च समेत पाउनबाट बञ्चित भएका छन् । जसकारण उनीहरु बाध्य भएर राजधानी काठमाडौंमा आफ्नो लगानी र उचित मुल्य पाउनु पर्ने भन्दै आन्दोलन समेत गरेका छन् ।
सुगर मिल्स संचालकले ती किसानहरुलाई उखु उत्पादन गर्न प्रोत्साहन गरे पनि उचित मुल्य दिनबाट बञ्चित गर्ने गरेका छन् । सरकारले समेत उखुको न्युनतम मुल्य निर्धारित गरेपनि त्यसलाई मिल्स संचालकहरुले वेवास्ता गर्दै आइरहेका छन् । त्यती हुँदा समेत किसानहरुले संचालकहरुकै कुरा मानेर उखु बिक्रि गर्ने गरेका छन् । त्यसमा पनि पाँच वर्षदेखी किसानहरुले आफुले उत्पादन गरेको उखुको मुल्य पाउन सकिरहेका छैन् । किसानहरुले महिनेतका साथ उखु उत्पादन गरेर मिल्ससम्म पु¥याएर त्यसको उचित मुल्य पाउन नसक्नु कतिको उचित हो । यो कुनै एक दिनको कुरा होइन् । प्रत्येक वर्ष उखु किसानहरु यस्तै समस्याबाट पीडित बन्दै आएका छन् । सरकारले पनि प्रत्येक वर्ष मुल्य तोक्ने गर्छ र उद्योग संचालकहरुले त्यसको वेवास्ता गर्दै गर्दछन् ।
सरकारले बनाएको कुनै पनि कानुनको अवहेल्ना गर्नु अपराध हो । यो अपराध बारम्बार उखु किसानहरुसँग भइरहदा सरकारले कीन कुनै ठोस कदम चाल्न नसकेको हो ? तसर्थ किसानहरुको पक्षमा सरकारले ठोस कदम उठाउन जरुरी रहेको छ भने आउँदो दिनहरुमा यस्ता समस्या पुनः नदोहरियोस् भनी सम्बन्धीत पक्षलाई सरकारले निर्देशन समेत दिन पछाडी पर्नुहुँदैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ