News Category 2076/09/24

सहादत दिने  सहिदहरुको सपना ?

दैनिक समाचारदाता

सहादत दिने  सहिदहरुको सपना ?

अमरनाथ मण्डल
    कुनै पनि परिवर्तन तथा निरंकुशको विरुद्ध दमन र शोसन तथा न्यायिक राज्य स्थापना प्रजातन्त्र पद्धतिको संचालन प्रजातान्त्रिक विकासको अवधारणालाई सार्थक बनाउन आन्दोलनबाट अधिकार प्राप्तिको संघर्ष गरी परिवर्तनबाट अधिकार सुनियोजित गर्ने लडाई तथा आन्दोलनलाई उचाईमा पु¥याई विश्वको कैयौ देशमा ऐतिहासिक परितर्वनहरुको संघर्षहरुबाट परिवर्तन भएका सन्दर्भमा परिवर्तनका प्रमुख आधार आन्दोलनहरुमा आफ्नो ज्यानको बाजी लगाई सहादत दिएका महान सहिदहरुको सपना के नेपालको आन्दोलनहरुमा दिएका सहादत बलिदानीको सम्मान परिवर्तन पछि निर्माण भएका सरकारहरु तथा साता शासकहरु सम्मान र मर्यादा लगायत सहित परिवारहरुको अवस्था सन्दर्भमा सक्रियता कतिको देखाई रहेको नेपाल ऐतिहासमा राणाशासन काल, प्रजातन्त्र पुर्नस्थापना तथा मधेश आन्दोलन जनआन्दोलन जनयुद्ध जस्ता आन्दोलनहरुमा आफ्ना ज्यानका बाजी लगाई लक्ष्य र उद्देश्य माथि परिवर्तनको प्रमुख सम्वाहक बनी देशमा परिवर्तनको आधार निर्माण गरेका सहिदहरु प्रति कतिको जिम्मेवारी र सहिदहरुको सपना सहिदहरुको परिवारको अवस्था, सहिदको परिवारको भरपोषण लगायत सवालहरुमा साता पक्षले तथा आन्दोलन पक्षले कतिको निर्वाह गरेका छन् भने प्रश्नहरु उभिरहेका छन् । 
    देशमा राणाशासनको अन्त्यको लागि सहादत दिएका सहिदहरुको प्रतिमा तथा वहाँहरुको सम्मानमा बनेका प्रतिष्ठानहरु र वहाँहरुको बलिदानीको मर्म भावनालाई राणाशासन अन्त्यको सरकारले के कति गरेको हाम्रो सामु विदितै रहेको अवस्थामा घोर पञ्चायती शासनको अन्त्यको लागि सैयौ बलिदानी दिएका सहादतहरु र वहाँहरुको प्रतिमा सम्मान तथा वहाँहरुको परिवार प्रति देखाई रहेको राज्य पक्षले कर्तव्य हाम्रो सामु नै रहेका छन् । त्यस्तै मधेश आन्दोलनमा सहादत भएका सहिदहरुको सम्मान र वहाँहरुको प्रति निर्माण र वहाँहरुको भावनालाई सम्मान गर्नु लगायत वहाँहरुले दिएका सहादत र मर्मलाई के मधेशी नेताहरुले निर्वाह गरिरहेका छन् भने प्रश्नहरु खडा भएका छन् । कुनै पनि अधिकार प्राप्तिको आन्दोलनमा आन्दोलनकारीले आफ्नो ज्यानको बाजी लगाई आन्दोलनमा हाम फालिन्छ । त्यही आन्दोलनक्रममा कैयौ सहिद हुन्छ, कैयौ अपांग हुन्छ, कैयौलाई अनेका झुठा मुद्दामा फसाई दण्डित गर्ने गरेको शासक वर्गको पद्धतिलाई जब आन्दोलन सफल हुन्छ । त्यो सहादत हुने सहिदहरु त्यो आन्दोलनमा ज्यानको बाजी लगाई आन्दोलनलाई शिखरसम्म पु¥याउने बीर पुरुषहरु अपांग भई जीवन र मृत्युसँग लडिरहन्छ भने कैयौ आन्दोलनकारीहरुलाई अपराधी घटना दर्ता गराई सजायको भागीदारी बनाउने कार्य शासक वर्गले गरिरहेको सन्दर्भमा परिवर्तन भएको पछि सरकार, नेता तथा शासक वर्ग सहिदहरुको सम्मान वहाँहरुको मर्यादा र उहाँहरुले दिएका उद्देश्यमा  सहादतको सम्मान गर्छ भने प्रश्नहरु खडा भईरहेका छन् । 
    अहिले प्रजातन्त्र आन्दोलनमा सहादत भएका परिवारहरुको अवस्था वहाँहरुको बालबच्चाहरुको अवस्था, वहाँहरुको सन्तानको शिक्षा र रोजगारको अवस्थालाई हेर्ने देख्ने सुन्ने कार्य सरकारको रहेकोले आन्दोलनकारीहरुको रहेकोले, नेताहरु रहेकोले के तिनीहरु आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् भने प्रश्नहरु आफ्नै ठाउँमा छ । भर्खरै नेपालको सबैभन्दा लामो आन्दोलन मधेश आन्दोलन ६ महिना सम्म निरन्तर चलेको त्यसमा हजारौं घाइते र अपांग भएको सैयौं महान आन्दोलनकारी वीर सहादत दिए भने सैयौं मुद्दाहरु खेपी रहेका छन् भने मधेशवादी दल राजपा र समाजवादीले त्यस बेला अधिकार प्राप्तिको आन्दोलन नेतृत्व आफू लिएको सन्दर्भमा के सहिदहरुले दिएको सहादत र सम्मानको मर्म भावनालाई बुझिरहेका छन् । मधेवादी दल राजपा र समाजवादी प्रतिको आस्था र निष्ठा राखी मधेशी जनताले गरेको आन्दोलन मूल उद्देश्य संविधान संशोधन अधिकारको लडाई विभेदीकरणको अन्त्य भएको छ । के महान मधेश आन्दोलनले दिएका जनादेशहरु पुरा भएका छन् भने प्रश्नहरु उठ्दा मधेश आन्दोलनको म पनि मर्म भावनालाई राज्यको शासक वर्गहरुले पचाउन सकिरहेको छैन भने संविधान संशोधन लगायत अन्य मुद्दाहरु थाँती राखेका छन् भने यस्तो अवस्थामा राजपा र समाजवादी आपसी फुटको मनस्थिति सिर्जना गरी समाजवादीले उपेन्द्र यादवको नेृत्वमा लडाई लड्ने नेकपासँग सहमति गरी सरकारमा जानु र पछि सरकारबाट बाहिरिनु आफैमा कुन अर्थ रहेको मधेशी जनताहरुको पचिरहेको छैन तथा राजपाले साता रोहणको आधार बनाई राष्ट्रिय सभामा नेकपासँग २ बुँदै सम्झौता गरी सरकार यात्राको लािग बाटो प्रर्याप्त गरिरहेको के मधेशी जनता बुझ्दैन, के मधेशका महान आन्दोलकारहरुलाई आफ्नो ज्यानको आहुतिलाई समर्पण यसै कारण गरेको हो भने प्रश्नहरु मधेशी जनता माझ घुमिरहेका छन्  । 
    सप्तरीको सन्दर्भमा मधेश आन्दोलनमा सहादत दिएका चाहे त्यो मलेठ घटना होस् जाहे त्यो भारदह होस् तथा चाहे राजविराजको मुटु नेता चौकमा घटेका घटना होस् हामीले विर्सेका छैनौ । आन्दोलनकारी देखि लिएर सर्वसाधारणको टाउकोका हानेको गोली पनि मधेशी जनताले विर्सेका छैन । सहिदहरुको घरमा भरपोषणको जिम्मा लिएको अभिभावक बुवा जस्तोलाई गुमाउनु गतिको दुःखको घडी हुन्छ । जसको परिवारमा एक मात्र कमाउने र परिवार धान्ने माध्यम पनि गुउमाउनु परेको छ । के तिनीहरुको जिम्मेवारी तत्कालिन आन्दोलनकारीहरुले लिनुपर्ने अवस्था देख्दैन भने प्रश्नहरुको खडा भईरहेका छन् । अहिले पनि सहिद परिवारको बालबच्चाहरुको शिक्षा, दिक्षा, रोजगारी तथा खानपिनको लागि समस्याको अनुभुतिहरु भईरहेको छ भने वहाँहरुले दिएका सहादतको मर्म भावनामाथि नेकपा सरकारमा समाहित भई तथा नेकपासँग सम्झौता गरी समाजवादी र राजपाले अपराध गरिरहेको छैन भने प्रश्नहरु आफ्नै ठाउँमा उभिरहेका छन् । साता आरोहणका लागि अनेकौं नाटकीय शब्दजालको परिभाषित गरी नेताहरु भन्ने गरिन्छ राजनैतिकमा कुनै शत्रु र मित्र हुँदैन भने हो यो शब्द आफ्नै ठाउँमा ठिक छ तर जहाँ अधिकार प्राप्तिको आन्दोलन हुन्छ । जहाँ शोसन विरुद्धको आन्दोलन हुन्छ, जहाँ शासकहरुले वर्षौ देखि शोषण गरिरहेको विरुद्ध आन्दोलन हुन्छ, त्यो आन्दोलनको रतिभरको अधिकार प्राप्ति तथा आन्दोलनको मर्म भावनालाई समाहित नगरी मधेशी दलहरुले शासक वर्गहरुसँग हात मिलाउनु ठूलो गल्ती भुल भएको छैन ? यो तथ्यलाई बुझ्नुपर्ने अवस्था अहिले देखिन्छ । 
    कुनै पनि आन्दोलन आफ्नो प्राणको आहुति दिन पछि पर्ने शहिदहरुको सम्मान गर्नु वहाँहरुको स्मरण गर्नु, वहाँहरुको परिवारिक अवस्थालाई बुझ्नु हरेक पक्षको दायित्व र कर्तव्य हुन्छ । त्यसलाई विर्सनु इतिहासिले कदापि माफ गर्र्दैन भोलीका शासक वर्गहरुको शासन पद्धतिको विरद्ध आन्दोलन थाल्दा सहादत दिने कोई पनि नहुने अवस्थाको सिर्जना हुन सक्छ भने बुझ्नु पर्ने अवस्था आन्दोलनकारी परिवर्तनकारीहरुले बुझ्नु पर्छ । नत्र निरंकुशको राज्य स्थापना हुन बेर लाग्ने छैन । भन्ने तर्कहरु आफ्नै सन्दर्भमा उठिरहेको देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट