News Category 2076/10/15

डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?

दैनिक समाचारदाता

डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?

अमरनाथ मण्डल
    मधेश आन्दोलनका जनादेश अनुसार तत्कालिन फोरम हाल समाजवादी पार्टी र राजपाको तालमेल गरी प्रदेश नं. २ मा राजपा र समाजवादीको सरकार रहेको अवस्थामा मधेशका अधिकांश मधेशी समुदायहरुको जनादेश समाजवादी र राजपाको सरकार रहनु भएका मनोभावना रहेको अवस्थामा केही दिन पहिले सरकार विघट्नतिर जाने सर्वत्र हल्ला चलिरहेको अवस्थामा मुख्य मन्त्री लालबाबु राउतले एक विज्ञप्ती मार्फत प्रदेश २ का सरकार मधेश आन्दोलनको अनुसार रहेकोले यो सरकार तत्काल कुनै किसिमको विघटन नहुने वकव्यवाजी सार्वजनिक गरेका थिए । त्यस्तै राजपाका केही केन्द्रिय स्तरका नेताहरु २ नं. प्रदेशका सरकार परिवर्तन तत्कालै नहुने सार्वजनिक गरेपछि सेलाएका सरकार परिवर्तनका हल्लाहरु एक्कासी प्रदेशका राज्यमन्त्री डिम्पल झाको राजीनामा सँगै हावाको रुपमा समातेका छन् । 
    समाजवादीले नेकपाको सरकारमा सहभागिता भए सँगै राजपाले समाजवादीलाई सरकार छोड्नु पर्ने अनि मात्र राजपा र समाजवादीको एकताको कुरा अगाडी बढ्ने त्यस बेलाको चर्चाले व्यापकता भएको अवस्थामा समाजवादीले सरकारबाट बाहिरिएपछि राजपाले राष्ट्रिय सभामा निर्वाचनको लागि दुई बुँदे नेकपासँग गरेको तालमेल नेकपाले राजपालाई संघीय सरकारमा सामेल गराउने चर्चा व्यापक बजारमा देखिएको अवस्थामा अहिले फेरि सभामुख उपसभामुखको निर्वाचन क्रममा राजपाको बरिष्ठ नेता तथा संसद लक्ष्मण लाल कर्णले सभामुखको चयन पछि समामुखलाई बधाई दिएको तथा निर्वाचनमा सभामुखको तर्फबाट समर्थक बनेको अवस्थामा राजपाले उपसभामुख पाउने अड्कलवाजीहरु पनि व्यापक रुपमा चलिरहेको छ । यता नेकपाले केही दिन पहिले सार्वजनिक रुपमा राजपालाई सरकारमा सहभागिता हुन आह्वान गरिएको अवस्थामा राजपाले केही शर्तहरु नेकपासँग सारिएको विशेष सुत्रानुसार थाहा भएको छ । यसैक्रममा दुई दिन पहिले नेकपाका अध्यक्ष प्रचण्डको सार्वजनिक वक्तव्यवाजी अनुसार विभेदमा परेका जातजातिहरुलाई उन्मुक्तिको लागि संविधान संशोधन तिर पनि सरकार जाने पार्टी जाने संकेतहरु दिई सकेका थिए । यसबाट स्पष्ट हुन्छ कि नेकपाले राजपालाई सरकारमा भित्र्याउने वार्ता तथा प्रक्रियाहरु अघि बढाई रहेका छन् । 
    यता राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाको श्रीमती डिम्पल झा प्रदेश सरकारमा राज्य मन्त्रीको पदबाट राजीनामा दिएपछि राजनैतिक तर्कहरु जोरतोरले सामाति रहेका छन् । केही राजनीतिक विश्लेशकहरुको अनुसार डिम्पल झाको राजनामाले समाजवादी र राजपाका प्रदेश २ का सरकार अब चाँडै विघट्न हुने तर्खरमा रहेको कारणले डिम्पल झा राजीनामा दिएको अनुमान गरिरहेका छन् भने राजपाका पार्टी श्रोत अनुसार निर्माण तथा भौतिक योजना मन्त्री जितेन्द्र सोनलसँग व्यवहार नमिलेपछि डिम्पल झाले निर्माण तथा भौतिक योजना राज्यमन्त्रीबाट राजीनामा दिएको अनुमान गरिरहेका छन् । तर अध्यक्ष मण्डलका सदस्य अनिल झाले नेकपा र राजपाको दुई बुँदे सहमतिको सम्झौता विरोधमा रहेको कारण पनि राजपाको शिर्ष नेताहरुको सम्बन्ध नेकपासँग बढ्दै गईरहेको अवस्थामा अनिल झाले आफ्नो रिस, आफ्नो श्रीमती डिम्पल झालाई राज्य मन्त्री पदबाट राजीनामा गराई पोखेको अनुमान गरिरहेका छन् । जेहोस् राजपा र समाजवादीको सम्बन्ध दिन प्रतिदिन चिसिदै गएको अवस्थामा दुई प्रदेशको सरकार कुन बेला कति समयमा ढल्ने विघटन हुने खतराहरु मडराई रहेको अवस्थामा मधेशी बुद्धिजिवीहरु मधेशी नागरिक असंतोषको मनोस्थितिमा रहेको छ । 
    मधेश आन्दोलनबाट जनादेश प्राप्त २ नं. प्रदेशका सरकार आफूमा नै विवादस्पद रहेको अवस्थामा प्रदेश सरकारको करौडो बजेट थन्किएको अवस्थामा छ भने मन्त्रीहरुको निजी स्वार्थ र व्यक्तिगत स्वार्थको कारण दिन प्रतिदिन राजपाका तथा समाजवादीका मधेशीवादी कार्यकर्ताहरु असन्तुष्टिको अवस्थामा आफ्नो गुनासोहरु सर्वसाधारण मधेशी जनता समक्ष राखिरहेको अवस्था छ । यता राजपाका छ अध्यक्ष मण्डलका सदस्यहरुबीच आपसी तालमेल समझदारीमा स्वहार्दपूर्ण नदेखिएको अवस्थामा नेकपासँग नजिकिदै गईरहेको सम्बन्धहरुको कारक नेकपा र राजपाको सम्बन्ध लिएर नेताहरु बीच आपसी सम्बन्धहरु समेत बिग्रिरहेको अवस्था छ । तसर्थ राजका नेताहरुले राजनैतिकमा कोही कसैको शत्रु र दोस्त हुँदैन । जुनसुकै बेला पनि जुन अवस्थामा पनि पार्टी र राष्ट्रियको हितको लागि जुनसुकै पनि सम्झौता गर्न सकिन्छ । पार्टीका नेताहरुको वकत्वयवादी आफ्नै ठाउँमा रहेको अवस्थामा राजपाका आन्दोलनकारी नेता तथा कार्यकर्ताहरुको मनोभावना नेकपासँग तालमेल तिर नदेखिएको अवस्था छ । 
    केही दिन पहिले प्रदेश २ का तीन मन्त्रीलाई हटाउने कुरा शोसल मेडियाहरुबाट सार्वजनिक भएपछि राजपा र नेकपाको प्रदेश सरकार चाँडै बन्ने तथा राजपाको नेतृत्वमा प्रदेश सरकारको गठन हुने अड्कलवाजीहरुले विशेषता पाईरहेको सन्दर्भमा राजमन्त्री डिम्पल झाको राजीनामा सँगै प्रदेश २ का महत्वपूर्ण भुमिका समेत रहेका डिम्पल झा राजीनामा दिनु पछाडी के रहस्य रहेको अन्यौल रहेको छ । तसर्थ राजपा र समाजवादीको एकताको सरकार मधेश आन्दोलनको मर्म भावना र सम्मानको अनुकुल रहेको अवस्थामा जुनसुकै पनि अवस्थामा प्रदेश २ को सरकार विघटन नहुनुपर्ने तर्कहरु बुद्धिजिवीहरुले सारिरहेको अवस्थामा २ नं. प्रदेशका मन्त्रीहरुले पनि आफ्नो आर्चन तथा व्यवहारहरुलाई परिवर्तन गरी मधेश आन्दोलनको जनादेशलाई सम्मान गर्नुपर्ने अवस्था देखिन्छ । प्रदेश २ मा रहेका मन्त्रीहरुको आहार व्यवहार र संस्कारको सन्दर्भमा भ्रष्टाचार बढि नै देखिएको अवस्थामा मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका वीर सहिदहरुको सपना एक मात्र मधेशको हित, मधेशको अधिकार तथा शासक वर्गहरुद्वारा आफू खुशी निर्माण गरेका संविधानमा संशोधन गरी मधेशीहरुको पूर्ण अधिकारको ग्यारेन्टीसाथ संविधान संशोधन हुनुपर्ने आमधारणा रहेको छ । अहिले सैयौं मधेशी विर सहिदहरुको बलिदानीको कारण बनेका प्रदेश २ का सरकार यी सहिदहरुको सम्मानको लागि प्रदेश २ मा राजपा र समाजवादीको गठबन्धनसँगै बमबुतीसँगै प्रदेश २ का सरकार, प्रदेश २ मा रहेका आठ जिल्लाका विकासीय गतिविधिहरु भौतिक पूर्वाधारहरु तथा सिचाईका मुहानहरु, शिक्षाका ज्योतिहरु, स्वास्थ्य क्षेत्रहरुको पर्याप्त व्यवस्थाहरुको लागि अगाडी बढ्नुपर्ने अवस्था रहेको छ । नत्र भोलीका दिनमा मधेशी जनता र मधेशले दिएका जनादेश फिर्ताको तिर पनि उन्मुख हुने बेर लाग्ने छैन । त्यसै कारणले जुनसुकै अवस्थामा पनि जो सँग पनि जुनसुकै सम्झौता गरे तापनि एउटा कुरालाई मधेशका नेताहरुले सधैं स्मरण गर्नुपर्ने देखिन्छ । त्यो हो, मधेशी वीर सहिदहरुले जुन उद्देश्यले दिएका बलिदानी र मर्मलाई सम्मान गर्नु उनीहरुको दायित्व र कर्तव्य बनेका छन् । नत्र भोलीका दिनमा यी मधेशी नेताहरु विरुद्ध नै मधेशी जनताले आन्दोलन थाल्नी सुरुवात नगर्ने भन्न सकिदैन ?

प्रतिकृया दिनुहोस

ताजा अपडेट