News Category 2076/10/28
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना प्रक्रियासँगै सप्तरीमा व्यापक चर्चा र परिचर्चा सन्दर्भ चलिरहेको अवस्थामा केही दिन पुर्व प्रतिष्ठानको प्रारम्भिक संरचना निर्माणको लागि गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा कार्यालय समेतको खोलेको तथा जग्गाको समेत व्यवस्था मिलाएको चर्चा परिचर्चा बिच पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पालामा प्रतिष्ठानको कार्यहरु अगाडी बढिरहेकोले हाल आएर प्रतिष्ठान निर्माणको कार्यहरु सेलाई रहेको सन्दर्भमा सप्तरीबासी बीचमा चिन्ता र चर्चा र परिचर्चाको सवालहरु जोडतोरले उठिरहेका थिए । विकासीय दृष्टिकोणमा सप्तरी पछाडी परेकोले सप्तरीले नेपालको ख्याती प्राप्त नेताहरुलाई जन्म दिएको जिल्ला तथा राजनीतिक शिक्षा दिएका जिल्लाको रुपममा चिनिन्छ । शिक्षाको दृष्टिकोणमा नेपालको सन्दर्भमा सप्तरी नं. १ जिल्लाको रुपमा स्थापित रहँदै आएको छ । तर विकासीय दृष्टिकोणमा सप्तरीमा भौतिक संरचना निर्माण सडक, निर्माण औद्योगिक क्षेत्र निर्माण, औद्योगिक व्यवसायिकहरुको लगानी प्रति आर्कषित नहुनु लगायतका स्वास्थ्य क्षेत्रमा अञ्चल अस्पतालको अवस्था तथा अन्य स्वास्थ्य क्षेत्रहरुको अवस्था दिन प्रतिदिन कमजोर अवस्थामा रहेको छ । तर यहाँका जनप्रतिनिधिहरुको चासोको सवालमा सक्रियता नभएको कारणले गर्दा सप्तरी विकासीय दृष्टिकोणमा प्रसारित गरेको जनगुनासोहरु उठ्दै आएको थियो । केही दिन पूर्व रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मेडिकल कलेजको स्थापनाको कुरा सँगै सप्तरीबासीहरु हर्षित भएका थिए । तर स्थापनाका भौतिक संरचनाहरु निर्माणमा ढिलाई भईरहेका सन्दर्भ लिई सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा सर्वपक्षीय समिति निर्माण गरी केन्द्रिय स्तरमा सरकारलाई घचघचाउने काम अघि सारियो ।
सेलाई रहेको प्रतिष्ठान निर्माण तथा आशाको आश मार्ने परिस्थिति बिचको चर्चा परिचर्चा सन्दर्भ चलिरहेको अवस्थामा राष्ट्रिय सभाका सदस्य तथा नेकपाका नेता सुमनराज प्याकुरेलले एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको इच्छा प्रतिष्ठान चाँडै कार्यको दिशातिर अगाडी बढ्ने रहकोले आफू प्रतिष्ठानको शिलान्यास तथा उद्घाटन गर्ने मनसाय देखाएको प्याकुरेलले एक कार्यक्रममा उजागर गर्नुभयो । प्रधानमन्त्री केपी ओलीको भावना प्रतिष्ठन प्रति सकारात्मक देखिएकोले प्रतिष्ठान निर्माण हुने आशाको किरण देखिरहेका छन् । त्यस्तै समाजवादीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समाजवादीे पार्टीको कार्यक्रममा प्रतिष्ठान निर्माण भएर नै छाड्छ । तर हामी सबैलाई एक जुट हुनुपर्ने आवश्यक रहेको उहाँले आफ्नो धारणा राख्नुभयो । त्यस्तै राजविराज नगरपालिकाका मेयर शम्भु यादवले प्रतिष्ठान स्थापनाको लागि राजविराज नगरपालिकाले सक्रियताको साथ सहयोगको हातहरु अगाडी बढाउने मनसाय कार्यक्रमहरुमा बोल्ने क्रममा देखाएका छन् । वहाँको सक्रियता कारण पनि प्रतिष्ठानको अन्य कार्यहरुमा तिब्रता आईरहेको नगरपालिकाका कर्मचारीहरुको आफ्नो भावना आफ्नो ठाउँमा रहेको छ । सबै पक्षबाट सप्तरीको विकास सप्तरीको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रतिष्ठानको निर्माण हुनु सप्तरीको लागि विकासीय मात्र होइन, स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रहरुमा ठूलो फड्को मार्ने अनुमान गरिन्छ । प्रधानमन्त्री केपी ओलीको पनि मनोभावना सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना होस् । भने मनसाय देखिन्छ ।
किन भने मधेश आन्दोलनको क्रममा सप्तरीमा भएका नरसंहारको कलंकलाई आफू प्रतिष्ठानको निर्माणमा सहयोग गरी सफा पार्न खोजेको छ । यदि प्रतिष्ठानको निर्भाणमा प्रधानमन्त्रीको इमान्दातारिता पूर्वमा सहयोग र विश्वास रहे भने सप्तरीबासीले प्रधानमन्त्रीलाई धन्यवाद दिने अवस्थाको सिर्जना हुन्छ ।
तसर्थ विकासीय दृष्टिकोणमा सधैं पछाडी रहेको सप्तरीमा समाजवादीका राष्ट्रिय अध्यक्षको पहलमा इन्जिनियरिङ्ग कलेज तथा वहाँका संसदीय कोषबाट नर्सिङ्ग कलेजहरुको स्थापना कार्यहरु सुरुवातको अवस्थामा रहेको छ । त्यस्तै प्रतिष्ठान सँगै राजविराजका सडकहरुको बिस्तार लगायत सप्तरीका एक मात्र औद्योगिक क्षेत्रमा उद्योग संचालन लगायत बस स्टेण्डको सुचारु त्था व्यवस्थापन लगायत धार्मिक पर्यटकीय राजदेवी मन्दिर, छिन्नमस्ता मन्दिर, कंकालिनी मन्दिहरुलाई व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण गरी धार्मिक पर्यटकीय रुपमा सप्तरीलाई स्थापित गर्नुपर्ने अवस्था र सन्दर्भ देखिन्छ । हुलाकी सडक, कुनौली राजविराज सडक जस्ता सडकहरुलाई तदरुपताका साथ निर्भाण कार्यहरु छिटो र पारदर्शी रुपमा अगाडी बढाउनु पर्ने अवस्था देखिन्छ । सप्तरीका अन्य पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित र सन्दर्भमूलक आर्कषणपनको अवस्था सिर्जना गर पर्यटकीय क्षेत्रहरुलाई अगाडी बढाउनुपर्ने अवस्था देखिन्छ । जिल्लाको एक मात्र अञ्चल अस्पताल गजेन्द्र नारायण सिंह अस्पताललाई अझै व्यवस्थित र सुविधामूलक बनाउनुपर्ने अवस्था देखिन्छ । यी सन्दर्भहरुलाई जोड्दा खेरी रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठनको निर्माणको आशाको किरणहरुलाई यथास्थितिमा राख्नु स्थानीय जनप्रतिनिधिहरु, प्रदेश जनप्रतिनिधि, संघीय सरकार जनप्रतिनिधिहरुको सक्रियतामा अझै थप विश्वास आउनुपर्ने सप्तरी बासीहरुको इच्छा र आकांक्षा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ