News Category 2076/11/12
म्याक्सेल बिजयी मोहत्सव मनायो
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
राजविराजमा सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी हासिल गरेको म्याक्सेल बोडिङ स्कुलले आइतबार बिजयी मोहत्सव मनाएको छ ।
राजविराज नगरपालिका ३ सर्वोदय टोलको कल्टु पोखरीमा अवस्थत रहेको म्याक्सेल बोडिङ स्कुलले उपाधी पाएपछि खुशीमा बिद्यालय प्राङणमै बिजयता टिमलाई दोसाला, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको बिद्यालयका प्रिन्सीपल जागेश्वर यादवले जानकारी दिएका छन् ।
सो क्रममा क्रिकेट खेलमा बिशेष सहयोग गर्नुहुने सोही बिद्यालयका शिक्षक आशिष मण्डल र राससका पत्रकार अरुण कुमार यादवलाई समेतलाई दोसाला ओढाएर सम्मान गरिएको शिक्षक राजेश यादवले बताए ।
राजविराज नगरपालिका वडा नं. ३ का वडा सदस्य सोनी रजकको प्रमुख अतिथियमा आयोजित सम्मान कार्यक्रममा बिद्यालयमा पढाउने शिक्ष, क्षिक्षिकाहरुले समेतले बिजयी खेलाडीहरुलाई अबिर, फुलमाला लगाएर सम्मान गरेका थिए ।
राजविराजमा शनिबार सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय टि–ट्वान्टी क्रीकेट प्रतियोगितामा म्याक्सेलले शिब्सलाई २६ रनले पराजित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ