News Category 2077/03/01
जटिल परिस्थितिमा शिक्षा तर्फ ध्यान पुगोस्
कोरोना भाइरसको त्रासका कारण विगत तीन महिनादेखी सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको बेला सरकारी स्तरबाट जनताका लागि कुनै पनि राहतको प्याकेज नआउनु अत्यन्त दुःखदायी रहेको छ । विगतको तीन महिनाको अवधीमा नेपाललगायत विश्वको सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ । यस्तो परिस्थितिमा नेपाल सरकारले जनताको हितका लागि कुनै पनि प्याकेज ल्याउन सकेको छैन् । मुलुकमा बेरोजगारी समस्या रहदै आएको बेला कोभिड १९ का कारण झनै बेरोजगारी समस्या उत्पन्न भएको छ ।
एकातिर बेराजगारी समस्या छदै छ भने अर्को तर्फ शैक्षिक क्षेत्र झनै कमजोर भएको छ । बालबालिकाहरु तीन महिनासम्म विद्यालयमा पढ्न पाएका छैनन् भने अन्तिम परिक्षा दिनबाट समेत बञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तेश्रो महिना लागेको छ । तर, पठनपाठन हुने कुनै टुङ्गो लाग्न सकेको छैन् । यसरी बालबालिकाहरु घरमा पढ्न मान्दैनन् भने सिकेका कुराहरु समेत बिर्सन थालेका छन् । हुन त सरकारले ई–क्लासको व्यवस्था मिलाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । तर, नेपाल जस्तो गरिब मुलुकमा ई–क्लास लिनेको संख्या अत्यन्त न्युन छ । हुने खानेलाई त समस्या हुँदैन् । गरिब परिवारका बालबालिकाहरु कसरी ई–क्लास लिन सक्छन् ! कीन भने ई–क्लासका लागि कम्युटर र इन्टरनेटको आवश्यकता पर्दछ ।
ग्रामिण भेगका बालबालिकाका लागि यो एउटा सपना जस्तै भएको छ । उनीहरुलाई दुई छाक टार्न धौ धौं हुन्छ भने विद्यालयको मासिक शुल्क तिर्न त्यतीकै समस्या हुने गरेको छ । यस्तो बेलामा कसरी उनीहरु शिक्षामा पहुँच पु¥याउन सक्छन् त ! तसर्थ यस्ता जटिल समस्या प्रति सरकार आजैदेखी गम्भिर भएर विकल्प खोज्न लाग्नु पर्दछ । होईन भने बेरोजगारीका साथ साथै शैक्षिक समस्या समेतले मुलुकमा ठूलो विकरालको रुप लिन सक्ने कुरामा दुई मत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ