News Category 2077/03/24
तेश्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा गम्भिर बन्
कोरोना भाइरसको महामारीमा अहिले सम्पूर्ण विश्व त्रसित रहेको बेला नेपालमा यसबाट अछुतो रहेको छैन् । नेपालमा अहिले दिनानुदिन कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यता कोरोना भाइरसको त्रासका कारण तीन महिना बढी समयदेखी बन्द रहेको अन्तराष्ट्रिय हवाई सेवा सूचारु भइसकेको छ । यस अवस्थामा भारतबाहेक तेश्रो मुलुकबाट आउने नेपालीहरुमा समेत संक्रमण हुन सक्ने आंशकालाई नकार्न सकिदैन् । यसका लागि अन्तराष्ट्रिय विमानस्थलमा सम्पूर्ण यात्रुहरुको राम्रो सँग स्क्रीनिङ गर्न जरुरी छ । हुन त उनीहरुलाई आउने बित्तिकै स्वारेन्टाइनमा राख्ने र पछि सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा पठाइने नेपाल सरकारले मिलाएको छ । यस अवधीमा उनीहरुको राम्रोसँग स्वास्थ्य परिक्षण गर्न अति आवश्यक छ । यता विदेशबाट आएकाहरु आफ्नो मातहातका जिल्लाहरुमा क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । सप्तरीको परिवेशमा भने विदेशबाट आउनेहरुमा समेत कोरोना पोजेटिभ भेटिएको छ । विगत १५ दिनको अवधीमा सप्तरीमा विदेशबाट आएका मध्येबाट २५ जनामा कोरोना पोजेटिभ पाइएको छ । यस्ता विषयमा सम्बन्धीत निकायको गम्भिर ध्यान पुग्नु पर्ने हो तर, यस्तो केही देखिदैन् । जब कुनै यात्रु बिदेशबाट आउछ भने उनीहरुको विदेशमै स्वास्थ्य परिक्षण गर्नु पर्ने हो तर, त्यसो गरिएको देखिदैन् । त्यहाबाट आएर नेपालको एयरपोर्टमा पनि स्वास्थ्य परिक्षण हुनु पर्ने हो तर, त्यहाबाट पनि निस्केर जिल्लाको मातहतका क्वारेन्टाइनमा राखिएपछि स्वाब परिक्षणबाट उनीहरु संक्रमित भएको पुष्टि हुन्छ । के यसरी स्वास्थ्य जस्तो संवेदनशिल विषयमा विदेशबाटै हेलचक्राई हुँदै आएको हो की यसमा दोषि को ?
भारतबाट आउने व्यक्तिहरुको परिक्षण पश्चात् अब तेश्रो मुलुकबाट आउने व्यक्तिहरुको कोरोना परिक्षण अति आवश्यक रहेको छ । तसर्थ यस्ता विषयमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायले गम्भिरतापूवर्क लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ