News Category 2077/09/02
उखु किसानहरुको समस्याप्रति सरकार गम्भिर बनौं
आफ्नो सम्पूर्ण श्रम र पुजीसमेत लगाएर महिनेतका साथ कुनै पनि बाली उब्जाएर त्यसको उचित रकम नपाएपछि जोसुकै किसानको चित्त दुःख छ । यस्तो अवस्थामा किसानहरुले जनसुकै पनि कदम उठाउन बाध्य हुन्छन् । हो यस्तै भएको छ अहिले सर्लाहीका उखु किसानहरुमा । उनीहरुले कर्जा उठाएर जसोतसो उखु उत्पादन गरेर मिलमा चिनि निर्माणका लागि दिएको उखुको रकम हालसम्म पनि पाउन नसक्दा बिचल्लीमा परेका छन् । स्थानिय चिनी मिल संचालकले विगतका वर्षहरुको भुक्तानी अझै दिनआलटाल गरिरहेका छन् । यस्तो अवस्था ती किसानहरु स्थानियस्तरबाट रकम पाउने आश नदेखेपछि अहिले राजधानी काठमाडौंमा आन्दोलनमा उत्रेका छन् ।
गत वर्ष पनि उनीहरु रकमका लागि काठमाडौंमा आन्दोलन गरेपछि सरकारले रकम दिलाइदिने आश्वाशन दिएका थिए । तर, सो आश्वासन अहिले कागजमै सीमित भएको छ । उनीहरुले भुक्तानी हालसम्म पनि पाउन नसक्दा पुनः काठमाडौं पुगेर आन्दोलन गरिरहेका छन् । चिसो मौसमका आफ्नो गाउँ घर र परिवार छोडेर उनीहरु रकमकै लागि काठमाडौंको सडकमा आन्दोलनरत छन् ।
यस्तो अवस्थामा उखु किसानहरुको आन्दोलनमा विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले एक्यबद्धता जनाएर आन्दोलनलाई थप बल दिदैछन् । सरकारले उनीहरुको समस्याप्रति गम्भिर भएर भुक्तानीका लागि चिनि मिल संचालकलाई कडा निर्देशन दिनु आवश्यक छ । तसर्थ सरकारले विगतमा गरेको प्रतिबद्धतालाई हलुका रुपमा नलिई गम्भिरतापूर्वक कार्यान्वयनको पक्षमा लागेमा किसानहरुको भलो हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ