News Category 2077/09/02
उखु किसानहरुको समस्याप्रति सरकार गम्भिर बनौं
आफ्नो सम्पूर्ण श्रम र पुजीसमेत लगाएर महिनेतका साथ कुनै पनि बाली उब्जाएर त्यसको उचित रकम नपाएपछि जोसुकै किसानको चित्त दुःख छ । यस्तो अवस्थामा किसानहरुले जनसुकै पनि कदम उठाउन बाध्य हुन्छन् । हो यस्तै भएको छ अहिले सर्लाहीका उखु किसानहरुमा । उनीहरुले कर्जा उठाएर जसोतसो उखु उत्पादन गरेर मिलमा चिनि निर्माणका लागि दिएको उखुको रकम हालसम्म पनि पाउन नसक्दा बिचल्लीमा परेका छन् । स्थानिय चिनी मिल संचालकले विगतका वर्षहरुको भुक्तानी अझै दिनआलटाल गरिरहेका छन् । यस्तो अवस्था ती किसानहरु स्थानियस्तरबाट रकम पाउने आश नदेखेपछि अहिले राजधानी काठमाडौंमा आन्दोलनमा उत्रेका छन् ।
गत वर्ष पनि उनीहरु रकमका लागि काठमाडौंमा आन्दोलन गरेपछि सरकारले रकम दिलाइदिने आश्वाशन दिएका थिए । तर, सो आश्वासन अहिले कागजमै सीमित भएको छ । उनीहरुले भुक्तानी हालसम्म पनि पाउन नसक्दा पुनः काठमाडौं पुगेर आन्दोलन गरिरहेका छन् । चिसो मौसमका आफ्नो गाउँ घर र परिवार छोडेर उनीहरु रकमकै लागि काठमाडौंको सडकमा आन्दोलनरत छन् ।
यस्तो अवस्थामा उखु किसानहरुको आन्दोलनमा विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले एक्यबद्धता जनाएर आन्दोलनलाई थप बल दिदैछन् । सरकारले उनीहरुको समस्याप्रति गम्भिर भएर भुक्तानीका लागि चिनि मिल संचालकलाई कडा निर्देशन दिनु आवश्यक छ । तसर्थ सरकारले विगतमा गरेको प्रतिबद्धतालाई हलुका रुपमा नलिई गम्भिरतापूर्वक कार्यान्वयनको पक्षमा लागेमा किसानहरुको भलो हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ