News Category 2077/10/19
कोइलाडी फाइनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फइनलमा वडा नं. ४ कोइलाडी प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कोइलाडीले वडा नं. २ लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मौसमका कारण १३ ओभरमा छोट्याइएको पहिलो खेलमा टस जितेर ब्याट्रि गर्दै कोइलाडीले ७ विकेटको नोक्सानीमा ७५ रन बनाएको थियो । जसमा जितेन्द्र पासमानले सार्वधिक १८, रिषभ सिंहले १३ तथा जुगनु मण्डलले १२ रनको योगदान दिएका थिए । लौनियाँका लागि दिनेश कुमार मण्डलले सर्वाधिक ३ विकेट, शिव सुन्दर मण्डलले २ तथा अजय मण्डल र दिलीप मण्डलले १÷१ विकेट लिए ।

७६ रनको बिजयी लक्ष्य पछ्याएको लौनियाँ १२ ओभर २ बलमा सबै विकेट गुमाई ४५ रन मात्र बनाउन सफल भयो । लौनियाँका भगवानदेव मण्डलले अविजित रहँदै २५ रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
कोइलाडीकालागि जुगनु मण्डलले घातक बलिङ गर्दै ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए भने जयराम मण्डलले २ तथा अक्षय मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।
यस्तै सोमबारै सम्पन्न दोस्रो खेलमा वडा नं. ३ सकरपुराले वडा नं.७ मन्सापुरलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वडा नं. ३ सकरपुराले २० ओभरमा ६ विकेट गुमाई १३२ रन बनाएको थियो । जसमा अमित मण्डलले विष्फोटक ब्याटिङ गर्दै ७ चौकाको मद्तले ४७ बलमा ६३ रन बनाएका थिए । मन्सापुरका लागि सुबोध मण्डलले २ तथा अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए ।
१ सय ३३ रनको लक्ष्य पाएको मन्सापुरले १६ ओभर ४ बलमा सबै विकेट गुमाई ६७ रन मात्र बनाउन सकेको थियो । मन्सापुरका लागि रोशन मण्डल र महेश मण्डलले समान १६÷१६ रन तथाउमेश मालीले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक मा प्रवेश गर्न सकेनन् । सकरपुराकालागि श्यामदेव मण्डल र प्रदीप मण्डलले समान ३÷३ विकेट लिए भने सुरज मण्डलले १विकेट लिए । उक्त खेलमा सकरपुराका प्रदीप मण्डललाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ