News Category 2077/10/25
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
बिराटनगर क्रिकेट एकेडेमी र सप्तरी ११ बिच शनिवार सम्पन्न मैत्रिपुर्ण एक दिवसिय क्रिकेटमा बिराट क्रिकेट एकेडेमीले सप्तरी ११ लाई २ बिकेटले पराजित गरेको छ ।
तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो ।
सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए । सप्तरी ११ का लागि मो. सकिमले २९, निरज यादव १५ तथा आशिष झाले १३ रनको योगदान दिएका थिए ।
९५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बिराटनगर क्रिकेट एकेडेमीले रोमान्चक तरिकाले १९ ओभरमा ८ बिकेट गुमाई उक्त लक्ष्य भेटाएका थिए । कुनै समय ७९ रनमै ८ बिकेट गुमाएका बिराटका लागि प्रशान्त साहले उत्कृष्ट ब्याटिंग गर्दै आफनो टिमलाई जित दिलाएका थिए ।
प्रशान्तले १० बलमा २ छक्काको मद्धतले नटआउट रहि २७ रनको योगदान दिएका थिए भने कपिल मण्डलले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरी ११ का अजय यादवले ३ तथा असन जमाल र राज बर्माले क्रमशः २ र १ बिकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत बिराटनगर क्रिकेट एकेडेमीका प्रशान्त साह भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
- 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
- 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
- 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
- 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ