News Category 2077/11/20
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराज प्रिमियर लिग अन्तरगत बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले २७ रनको योगदान गरेका थिए । रुपनी गाउँपालिकाको तर्फबाट अशोक मेहताले २ तथा चन्दन झा र जय चौधरीले १/१ विकेट लिएका थिए ।
जितको लागि १४ ओभरमा ११५ रनको लक्ष्य पछ्याएको रुपनी गाउँपालिकाको टिम निर्धारित १४ ओभरमा ३ विकेट गुमाएर ८४ रन जोड्न सकेको थियो । रुपनीका लागि गुणानन्द रायले अविजित २५, जय चौधरीले अविजित २३ तथा विवेक चौधरीले १४ रनको योगदान गरेका थिए ।
तिलाठी कोइलाडीका दिपेश सरदार र अजय मरिकले १/१ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडीका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ