News Category 2077/11/20
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराज प्रिमियर लिग अन्तरगत बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले २७ रनको योगदान गरेका थिए । रुपनी गाउँपालिकाको तर्फबाट अशोक मेहताले २ तथा चन्दन झा र जय चौधरीले १/१ विकेट लिएका थिए ।
जितको लागि १४ ओभरमा ११५ रनको लक्ष्य पछ्याएको रुपनी गाउँपालिकाको टिम निर्धारित १४ ओभरमा ३ विकेट गुमाएर ८४ रन जोड्न सकेको थियो । रुपनीका लागि गुणानन्द रायले अविजित २५, जय चौधरीले अविजित २३ तथा विवेक चौधरीले १४ रनको योगदान गरेका थिए ।
तिलाठी कोइलाडीका दिपेश सरदार र अजय मरिकले १/१ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडीका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ