News Category 2077/12/10
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलामा तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टसले बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो । वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए ।
तिलाठी कोइलाडी जायन्टसका आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए । राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए ।
एक सय रनको लक्ष्य पाएका तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट क्षतीमा पुरा गरेको थियो । जसमा आशिष झाले सर्वाधिक ६५ रन बनाए भने दिपेश कंडेलले अविजित १३ रन बनाएका थिए ।
बलिङतर्फ बजाज खडक वारियर्सका भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १/१ विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए ।
यस्तै दोश्रो खेलमा टिभीएस किंग्स राजविराजले बोदेबर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदेबर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदेबर्साईनले मात्र ४ रन बनाएको थियो । ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा भेटायो ।
बोदेबर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए । यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए । नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए ।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुबआलम र सुरज कुर्मीले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा७विकेट क्षेतीमा १ सय ५६ रन बनाएको थियो ।
टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन, सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए ।
बोदेबर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच दिनेश अधिकरी चुनिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ