News Category 2077/12/10
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको मंगलबार सम्पन्न खेलमा रुपनी राईडर्स र बजाज खडक वारियर्स बिजयी भएका छन् ।
राजविराजस्थित राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ ।
रुपनी राईडर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३८ रनमा सीमित भएको थियो ।
लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन, सन्तोष कार्कीले ३७ रन तथा दिपेश कंडेलले २८ रनको योगदान दिएका थिए ।
बलिङतर्फ रुपनी राईडर्सका अनिल यादव र सुमित झाले २/२ विकेट लिए भने सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षतीमा १ सय ५३ रन बनाएको थियो । रुपनीका लागि अमित यादवले सर्वाधिक ४६ रन बनाए भने सुनिल धमलाले ३२, लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० तथा निरज मुखियाले १७ रन बनाए ।
बलिङमा तिलाठी कोईलाडीका दिपेश कंडेलले सर्वाधिक ३ विकेट, राशिद खान र आदील अन्सारीले १/१ विकेट लिएका थिए । सो खेलमा प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला घोषित भए ।
त्यस्तै मंगलबारै सम्पन्न दोश्रो खेलमा बजाज खडक वारियर्सले बोदे बरसाईन थन्डर्सलाई ४१ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
बजाज खडक वारियर्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बरसाईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भयो । जसमा कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन, अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले १४/१४ रन तथा बसन्त रेग्मीले १३ रन बनाएका थिए ।
बलिंङमा बजाज खडकका अनिल खरेलले सर्वाधिक ४ विकेट, भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षतीमा १ सय ८६ रन बनाएको थियो । जसमा अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउन सफल भए । उनले अविजित १०० रन बनाए । त्यस्तै विवेक यादवले ३०, प्रशान्त राईले २७ तथा पवन सर्राफले अविजित २२ रनको योगदान दिए ।
बलिङमा बोदे बरसाईन थन्डर्सका बसन्त रेग्मीले सर्वाधिक २ विकेट, पप्पु यादवले १ विकेट लिएका थिए । सो खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ