News Category 2077/12/11
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टस बिजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा बजाज खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ ।
स्थानिय राजरंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ९५ रनको लक्ष्य रुपनीले पन्छाउन सकेन् । सो लक्ष्य पन्छाउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रनम सीमित भएको थियो ।
रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ र सुनिल धमलाले १६ रन बनाउन सकेका थिए । बलिङतर्फ बजाज खडक वारियर्सका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए । त्यस्तै अनिल खरेल र विवेक यादवले २/२ विकेट तथा भुलावन सहानी र पवन सर्राफले १/१ विकेट लिन सफल भए ।
टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्दै १ सय १३ रन बनाए ।
यता बलिङमा रुपनी राईडर्सका अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले १/१ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
यस्तै दोश्रो खेलमा तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गरेको छ । टिभीएस किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो ।
तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित ६५ रन तथा दिपेश कंडेलले अविजित ३० रन बनाए । बलिङतर्फ टिभीएस किंग्सका दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले १/१ विकेट लिएका थिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन, सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।
तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले ३/३ विकेट तथा कप्तान दिपेन्द्र ऐरीले २ विकेट र मनिष मण्डलले १ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच राशिद खान घोािष्त भए ।
प्रतियोगिताको अंक तालिकामा तीन खेलमा बजाज खडक वारियर्स दुई जित र एक हार, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ