News Category 2078/05/11
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
दैनिक समाचारदाता
जनकपुरधाम, ११ भदौं ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरै पार्टी खुल्ने गरेको पनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताएका छन् ।
पार्टीद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरे ।
उनले नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको समेत बताउँदै देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने दाबी गरे ।
भदौंदेखि मंसिरसम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेट्ने उनले बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको चेतावनी थियो ।
समुनत समाजवाद वा समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पुजी र प्रविधी समयानुकुल प्रयोग गर्न सकिए देशबाट गरिवी र रोजगारीको अन्त्य हुने उनको धारणा छ ।
जनताको गुनासो सम्बोधन हुने गरि सवै सरकार चल्नु पर्ने उनको जिकिर छ । कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानिय, प्रदेश र संघ सरकारका जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ